भर्खरै
Home / मनोरञ्जन समाचार / रणवीर र कट्रिना एकआर्कापर्ती समर्पित

रणवीर र कट्रिना एकआर्कापर्ती समर्पित

स्पेनको समुद्री तटमा रणवीर कपुरसँग रोमान्स गर्दै गरेको बिकिनीसहितको तस्वीर सार्वजनिक भएपछि अन्ततः कट्रिना कैफ र रणवीरको जोडीले आफ्नो प्रेम सम्बन्धबारे मुख खोल्नै परेछ।

आफ्नो प्रेम र रोमान्सको कुरालाई सदा गोप्य राख्दै आएको बलिउडको यो प्रेम जोडीले सो तस्वीर सार्वजनिक भएको केही समयपछि अहिले आएर आफूहरूबीचको सम्बन्धबारे मुख खोलेका हुन्। रणवीरले भर्खंरै खुलाएका छन् कि कट्रिना कैफ उनका लागि कति महत्त्वपूर्ण छिन् ?

एक भारतीय दैनिकसँगको अन्तर्वार्तामा यी चकलेटी हिरोले आफ्नो जीवन कट्रिनाका लागि भएको बताएका छन्। त्यसैले उनका लागि कट्रिना धेरै महत्त्वपूर्ण छिन् रे। रणवीरले सेप्टेम्बर २८ मा पर्ने आफ्नो जन्मदिन पारेर कट्रिना र आफ्नो इन्गेजमेन्ट तथा उनीसँगको अरू भावी योजनाको बारेमा प्रष्ट पार्ने आशा गरिएको छ। तर फेसबुकमा भने जन्मदिनका लागि त्यस्तो कुनै योजना नभएको उल्लेख गरेका छन्। अन्तर्वार्तामा कपुरले भनेका छन्– ‘विवाह होला या नहोला, हामी लभचरा जस्तै खुसी भने छौं।’ उनले कट्रिनाका लागि जीवन दिन सक्ने समेत बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top