भर्खरै
Home / हलिउड/बलिउड / सन्नी लियोनले उछिनिन् बलिउड कलाकारहरुलाई

सन्नी लियोनले उछिनिन् बलिउड कलाकारहरुलाई

 

केही समय यता बलिउडमा बिदेशी कलाकारहरुको उपस्थिति बाक्लिदै गईरहेको छ । नयाँ स्वाद दिलाउँदै नाम र दाम कमाउने होडबाजीमा लागेका निर्माता निर्देशकहरु स्वदेशी कलाकारमाभन्दा बिदेशी कलाकारमा बढी केन्द्रित हुँदै गईरहेका छन् । यसै बीच केही समय अघि मात्र बलिउड प्रवेश गरेकी पोर्न स्टारको छवीले चिनिएकी सन्नी लियोनले बलिउडमा राम्रै छाप छोडन सफल भएकी छिन् । पोर्न स्टारको छवीले चर्चामा पुर्याएको उनलाई बलिउडसम्मको यात्रा दिलायो। बलिउडमा प्रवेश पाउना साथ उनले विभिन्न विज्ञापनहरुमा पनि अभिनय गर्ने अवसर पाईन् ।

चाहे पोर्न छविका कारण होस् या बलिउड चलचित्रमा उनले गरेको अभिनयको कारण होस् उनी अहिले बलिउडमा चर्चाको शिखरमा रहेकी छिन् । उनले बलिउडका चर्चित सेलिब्रेटीहरुलाई पछि पार्न सफल भएकी छिन् । हालै सार्वजनिक गरिएको एक सर्वेक्षणको नतिजा अनुसार इन्टरनेटमा खोजी गरिने बलिउड कलाकारहरुमा सबैभन्दा अघि छिन् सन्नी । समाचार अनुसार ईन्टरनेटमा उनलाई ३ करोड ५० लाख पटक खोजी गरिएको थियो । दोश्रो स्थानमा भने कैटरिना कैफ रहेकी छिन् । उनको १ करोड ८५ लाख पटक खोजी गरिएको थियो भने तेश्रो स्थानमा सलमान खान परेका छन् । उनलाई १ करोड १४ लाख पटक ईन्टरनेटमा खोजी गरिएको थियो ।

चौथा स्थानमा ऐश्वया राय बच्चन रहकी छिन् । उनलाई ९२ लाख पटक खोजी गरिएको उक्त खुलासामा जनाईएको छ । यो नजितालाई अध्ययन गर्दा सन्नीले कैटरिनालाई निकै पर छाडेकी छिन् । उनको अग्रता कायमै रहे बलिउडमा उनको बर्चश्व हुनेमा कुनै शंका छैन ।उनको पछिल्ला बलिउड चलचित्रका कारण उनको पोर्न छवीलाई विस्तारै बिर्साउदै गएको छ । सुन्दर र कामुक शरीरकी धनी सनी लियोनमा रहेको खारिएको अभिनयकलाले उनलाई सुनमा सुगन्ध भरी दिन महत्वपूर्ण भूमिका खेखेलीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top