भर्खरै
Home / देश / टावर ढलेपछी ग्रामिणक्षेत्र टेलिफोन सम्पर्क बिहिन

टावर ढलेपछी ग्रामिणक्षेत्र टेलिफोन सम्पर्क बिहिन

उदयपुर, २९ चैत । उदयपुर जिल्लाको खाँवु गाउँ विकास समिति वडा नं ५ मा रहेको नेपाल टेलिकमको जिएसएम बिटिएस टावर हावा हुरीले लडाएपछि त्यस क्षेत्रका करिव दुईहजार दुई सय उपभोक्ता तिनदिन यता टेलिफोन सम्पर्क बिहिन बनेका छन् ।
२५ फिट अग्लो टावर, फाउण्डेसन सहित उखलिर लडेपछि करिव दश लाख रुपिया बरावरको क्षती भएको नेपाल टेलिकम उदयपुरका प्रमुख बच्चुराज खतिवडाले जानकारी दिनुभयो । टावरमा रहेको एन्टेना, फिडर केवल लगायतका उपकरणमा क्षती पुगेको छ । क्षतीको बिवरण क्षेत्रीय तथा तथा अञ्चल कार्यालयलाई जानकारी गराई अबिलम्व मर्मतका लागि आवश्यक सहयोगको माग समेत गरेको खतिवडाले जानकारी दिनुभयो ।
टावरमा क्षतीपुगेर सेवा भन्द भएपछि जिल्लाको साउने, खाँवु लगायत खोटाङ्ग जिल्लाका केही गाविसका बासिन्दा टेलिफोन सम्पर्क बिहिन बनेकाछन् । अन्य मोवाईल कम्पनीको टावर पनि नटिप्ने भएकाले स्थानीयवासीले चाँडो सर्मम गर्न माग गरेकाछन् । नयाँ उपकरणसहित प्रावधीक टोली समयमै आईपुगे १५ दिन भित्रमा सेवा सुचारु गर्न सकिने प्रमुख खतिवडाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top