भर्खरै
Home / BREAKING NEWS / संसद अवरोध हटयो संविधानमा सहमति वाकी

संसद अवरोध हटयो संविधानमा सहमति वाकी

२२ असोज, काठमाडौं ।
लामो समयदेखिको संसदको अवरोध भने आश्विन २२ गते देखि नै हटेकोछ । उच्चस्तरीय राजनीतिक समिति गठन गर्ने र वेपत्ता परिवारलाई राहत स्वरुप रु दुई लाख रुपया दिने, पुर्व बाबुराम सरकारको सहमति कार्यन्वयन गर्ने , समानान्तर सत्ता संचालन गर्दाका वखत लेनदेन कारोवार भएका सवै लिखतहरुलाई मान्यता दिदै वैधानिकता दिने समेतको सहमति भए पछि संसदको अवरोध खुलुको हो । जे होस अवरोध खुलेको छ अव यसले संविधान निर्माणमा पनि सहमति कायम गर्ने वातवराण् वनोस राजनैतिक समितिलाई यस काममा सफलता मिलोस ।

दलहरुबीच राजनीतिक समिति गठन गर्ने, नेतृत्व आलोपालो गर्ने सहमति भएको छ । समितिमा कांग्रेस, एमाले र एमाओवादीका ३(३ जना रहनेछन् भने मधेसवादी दलका तीन जना, राप्रपा, माले र अन्य दलको तर्फबाट एक(एक जना रहनेछन् ।

पहिलो दुई महिना प्रचण्ड संयोजक बन्ने छन् । समितिको निर्णय सहमतिको आधारमा हुनेछ ।

भारतीय गाडीलार्इ पुरानै कर तीन दलबीच भारतीय सवारी साधन नेपाल प्रवेश गर्दा लाग्ने कर पुरानै कायम गर्ने सहमति भएको छ ।

तीन दलको सहमतिमा कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top