भर्खरै
Home / NEWS / गंभिर मोडमा नेपाली राजनीतिः सहमतिको विकल्प छैन खिमलाल देवकोटा

गंभिर मोडमा नेपाली राजनीतिः सहमतिको विकल्प छैन खिमलाल देवकोटा

नेपाली राजनीति यतिवेला निकै संवेदनशिल र गंभिर मोडमा उभिएको छ । विगट साठी वर्षदेखिको नेपाली जनताको चाहनाका रुपमा रहेको संविधानसभावाट संविधान दिने दाश्रो अवसर नेपाली जनताले पाएका छन् । दुर्भाग्यवश पहिलो संविधानसभावाट सहमति भएर पनि संविधान जारी हुन सकेन । यस पटक पनि संविधान जारी गर्न आवशयक पर्ने सहमति जुटाउन प्रमुख दलहरु असफल हुदै गएकाछन् । १२ वुदे सहमतिका सहयात्रीहरु वीचको सहमति र अन्तरिम संविधान वमोजिमको दुई तिहाई वहुमत संविधान निर्माणका पुर्व शर्त हुन् । दाश्रो संविधानसभामा नेपाली कांग्रेस र एमाले पहिलो र दाश्रौ पार्टीका रुपमा स्थापित हुनासाथ सहमति नगर्ने र प्रकृयामा लैजान वल गर्ने काम मात्रै गरिराखेकाछन् जवकि यिनै पार्टी पहिलो संविधानसभामा दोश्रो र तेश्रो पार्टी छदा संविधान पनि मतदानवाट वन्छ ? मतदानमा गएमा रगतको खोलो वग्छ भन्ने गर्दथे । १२ वुदे समझदारीका सहयात्रीहरुका वीचमा नै समझदारीको दुरी वढदै जादा प्रतिगामि र यथास्थितिवादी शक्तिहरुले चलखेल गर्न थालिसकेका छन् । यति हुदा पनि यो चलखेलको भाषा जिम्मेवार दलले वुझन सकेनन भने आजसम्मका क्रान्ति र परिवर्तनका उपलव्धीहरु मुख्यत जनयुद्धका उपलव्धीहरु गुम्ने खतरा पैदा भएकोछ । जनयुद्ध जनआन्दोलन र मधेश आन्दोलनका उपलव्धीहरुलाई संस्थागत गर्दै संविधानसभावाटै नया संविधान जारी गर्न सकिएन भने राजनीतिले अर्को मोड लिने खतरा छ । नेपालमा संविधानसभाको राजनीति अफाप सिद्ध हुने खतरा पनि त्यतिकै छ । आजसम्म संघर्ष गरेका जेल नेल खाएका परिवर्तनका संवाहक वनेका देश र जनताका भाग्यका विधाता कहलिएका राजनीतिक दल र तिनका नेताहरुको पुस्ता नै असफल सावित हुने खतरनाक मोडमा नेपाली राजनीति आई पुगेको छ । यस्तो अवस्थामा नेताहरु संवेदनशिल भएरै जिम्मेवार पनि भएर सहमतिको शुत्र खोज्न जरुरी छ ।
यदाकदा सत्ता संघर्ष नेपाली राजनीतिमा झुल्कने गरेको छ जसले संविधानसभालाई असफल वनाउने र संविधान वन्न नदिने काफी काम अघिल्लो संविधानसभामा गरेको थियो । त्यही प्रवृत्ति यतिवेला पनि देखिएको छ । शिर्ष नेताहरु सत्ताको फोहरी खेलमा नराम्ररी डुव्ने गरेका पनि छन् । यतिवेला पनि त्यो गल्तीवाट जोगिएर सहमतिमा संविधान जारी गर्न सके भने सत्ता उनीहरुकै हुनेछ तर यसको सटटा सत्तामा मात्रै आखा गाडने काम गरे भने संविधान वन्ने छैन सत्ता पनि धेरै टाढाको कुरा हुनेछ र आजसम्म आर्जन गरेको शाख पनि समाप्त हुनेछ । शिर्ष नेताहरुको यतिवेलाको रोजाई सत्ता हैन संविधान वनोस यही नै मेरो कामना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top