भर्खरै
Home / NEWS / जनकको काठमाडौं यात्रा

जनकको काठमाडौं यात्रा

जनयोद्धा अर्थात सहिद यादवकुमार भुषालका जेठा छोरा जनक कुमार भुषाल अहिले काठमाडौंको यात्रामा छन् । उनले यो यात्रा थालेका पार्टीका ठूला नेता भेट्ने र गुनासो गर्ने काम गरेनन् । आर्थिक स्तर कमजोर भएकाले वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउन उनी काठमाडौं आएका हुन् । पर्वत उराम पोखराका जनक आफ्नै बाबु अर्थात सहिद यादव कुमार भूषालले पठाएको स्कुलमा लेखापाल छन् । लाखौको हिसाव किताव त राख्छन् तर उनको आर्थिक अवस्था भने निकै कमजोर छ । त्यसैको लागि उनी वैदेशिक रोजगारीमा जानका लागि पासपोर्ट बनाउन काठमाडौं आएका हुन् । उनी भन्छन्, ‘हिजोको जस्तो स्थिति छैन । आर्थिक स्तर नभएसम्म राजनीतिले मात्र केही हुँदैन ।’

पर्वत उराम पोखराको चन्द्र माध्यामिक विद्यालयमा सत्र वर्षसम्म शिक्षण पेशा गरेका सहिद यादव कुमार भुषालका तीन छोरा र १ छोरी छन् । बाबुको मृत्युपछि उनीहरुको पठन–पाठनमा नकारात्मक असर प¥यो । श्रीमानकै विछोडका कारण सहिद पत्नी डिला भुषालको अल्पायूमै मृत्यु भयो । सानै उमेरमा बा–आमा गुमाएका जनकको काँधमा ठूलो जिम्मेवारी आइलाग्यो । भाइहरु लक्ष्मण र भरत बुटवलमा साइकल पसल संचालन गरेर जिविकोपार्जन गरिरहेका छन् । आर्थिक अवस्था कमजोर भएकाले उनीहरुले पनि राम्रो शिक्षा–दिक्षा पाउन सकेनन् । जनक भन्छन्, ‘बुबा वितेपछि आमा नराम्रोसँग विरामी हुनुभयो । खाना नखाने, सधैं चिन्ता गरेर बस्ने गर्नुहुन्थ्यो । त्यसैले चाँडै रोगले समायो । साना भाईबहिनी र आमाको अवस्था दिनदिनै कमजोर भएकाले मलाई आर्थिक र सामाजिक भार एकै पटक प¥यो भाई बहिनीलाई पनि राम्रोसँग पढाउन सकिन ।’ त्यसो त उनकी एक मात्र बहिनी पनि शारीरिक रुपमा अस्वस्थ छिन् । एसएलसी पास गरेकी उनलाई उच्च शिक्षा दिन सकिएको छैन ।

२०५९ कार्तिक ११ गते गिरफ्तार परेका जनकलाई सशस्त्र वेसक्याम्प वालिङ्गले १५ दिने हिरासतम राखेर यातना दियो । उनी भन्छन् , ‘मेरो गिरफ्तारीपछि बाबुलाई साह्रै पिडा भयाृ । उहाँ मेरो कारणले मेरो छोराले दुःख पायो भन्नुहुन्थ्यो ।’ उनलाई गिरफ्तार गरिसकेपछि पनि सशस्त्रले निगरानी गर्न भने छोडेको थिएन । २०५९ कार्तिक २३ गते माओवादीका दुई नेता प्रेम बहादुर नगरकोटी र नुमाकान्त आचार्य उनको गाउँम आएका थिए । जनकको गिरफ्तारी भएको उनीहरुलाई थाहा थियो तर पनि उनीहरुले त्यस ठाउँमा कतै बास बस्न नपाएकाले जनककै घरमा बास बसेका थिए । कार्तिक २३ गते राती सशस्त्र प्रहरी फेरि उनको घरमा आयो र उनका बा यादव कुमार भुषाल र अर्का माओवादी नेता प्रेमबहादुर नगरकोटीलाई गिरफ्तार ग¥यो । गिरफ्तार गरेको केही घण्टामा उहाँहरुलाई गोली हानी हत्या गरिदियो भने माओवादी नेता नुमाकान्त आचार्य भाग्न सफल भए ।

सशस्त्र प्रहरीले केही दिन अगाडि छोरा र केही दिन पछाडी श्रमिानलाई गिरफ्तार ग¥यो । तर पनि डिला भुषाललाई मारिहाल्छ भन्ने विश्वास थिएन । सरकारी कर्मचारी विद्यालयमा प्रधानाध्यापक भएकाले पनि मार्दैन भन्ने विश्वास थियो तर घटना उनीहरुले सोचेको जस्तो भएन । छोराको कुनै अत्तोपत्तो नपाउँदै श्रीमानको मृत्युको खबर आयो । डिला ठूलो पीडामा परिन । यसै पीडाको कारण उनको मृत्यु अल्पायूमै भयो ।

जनकलाई १५ दिन सशस्त्र वेस क्याम्प वालिङ्गमा चरम यातना दिएर राख्यो । १५ दिनपछि उनी हिरासत मुक्र त भए तर उनले आफ्नो अत्यन्त घनिष्ट व्यक्ति अर्थात आफ्नो संरक्षक अभिभावक गुमाए । बाबुको मृत्युपछि जनकको काँधमा भाई बहिनीको भरणपोषण र शिक्षादिक्षाको जिम्मेवारी थपियो । बाबुको मृत्युपश्चात उनले गाउँमा प्रेम यादव स्मृति प्रतिष्ठान निर्माण गरे । जुन पार्टीलार्य सहयोग गरेका र जुन पार्टीप्रति आस्था राखेका कारण मेरा बाबुको मृत्यु भयो । तर त्यो पार्टीले हामी जस्ता सहिद परिवारलाई वेवास्ता ग¥यो । उनले यो प्रतिष्ठान आफ्नै एक्लो पहलमा निर्माण गरेका हुन् । भन्छन्, ‘जुन उद्देश्यले प्रतिष्ठान निर्माण गरियो त्यही अनुसार राम्रो काम गर्न सकिएको छैन । पार्टीले कुनै चासो राख्दैन । हुन त उनी पनि उराम पोखरा गाविसका अध्यक्ष हुन् । ‘पार्टीका नेता विग्रिएपछि हामी जस्तो तल्लो स्तरमा बसेर काम गर्नेले केहीगर्न सकिँदो रहेनछ’ उनी भन्छन् ।

त्याग र बलिदान गरेका मान्छेलाई संरक्षण नगर्ने, राम्रा कार्यकर्ताको व्यवस्थापनमा चासो नदिने र नराम्रो प्रवृत्ति भएका व्यक्तिहरुको भर पर्ने चन्दाकै भरमा पार्टी चलाउने प्रवृत्ति पार्टीमा भएसम्म यो पार्टी नसुध्रिने उनको ठम्याई छ । ‘पार्टीमा भएको पुँजी केही व्यक्तिका हातमा छ, यो पार्टीमा केही व्यक्तिहरु आर्थिक संकलन गर्न र आफ्नो व्यवस्थापन गर्न लागेका रहेछन्, त्यस्ता व्यक्तिलाई कारवाही नरेसम्म यो पार्टी सुध्रिँदैन र सहिद, वेपत्ता र घायते परिवारले न्याय पाउँदैनन्’ उनी थप्छन्, ‘केही नेताहरुलार्य मन्त्री, प्रधानमन्त्री बनाउनका लागि मात्रै हजारौं सहिदले रगत बगाएको होइन । यो महान् बलिदानीको कदर नगर्ने हो भने अब यि नेताहरुले सुख पाउँदैनन् ।’

माओवादी पार्टीमा चरम रुपमा मौलाएको व्यक्तिवाद, निरासा र निरंकुशताको अन्त्य गर्न अब त्यति सजिलो छैन । जनकको बुझाइमा पार्टीभित्र मौलाएको निरंकुशताले नै पार्टी फुटेको हो । हिजो दुःख गरेकाहरुको आज नाम निशासा छैन उनी भन्छन्, ‘कसरी यो पार्टी माओवादी पार्टी हुन्छ ? माओवाद पार्टी भनेको त गरिव र किसान मजदुरको पार्टी हो तर यो पार्टी संभ्रत भैसक्यो ।’

दश वर्षे जनयुद्धमा युवाहरुको साथ र सहयोगमा सम्पन्न भएको हो । युवाहरुले गर्दा नै यो पार्टीले दश वर्ष जनयुद्धमा ठूलो सफलता हासिल ग¥यो । अब यो पार्टी यही नेतृत्व भएसम्म सुघ्रिदैन । पार्टीको जिम्मा युवाहरुलार्य दिनुपर्छ । प्रचण्डलाई धेरै वर्ष हेरियो उनकै निरंकुशता र जड्ताले पार्टी टुक्रा–टुक्रा भयो त्यसैले अब पार्टीमा नयाँ नेतृत्व आउनुपर्छ । जनक भन्छन्, ‘हिजो पार्टीमा त्याग, तपस्या गर्ने राम्रा कार्यकर्ता दिन–दिनै विदेश पलायन भैरहेका छन् । युवाविना समाज विकासको परिकल्पना गर्न सकिँदैन । तर पनि यो पार्टीले युवाका बारेमा केही सोच्दैन भने यो विडम्बनाको कुरा हो । हामी जस्तै युवाहरुलाई संरक्षण गर्न सकिएन भने राजनीति र क्रान्ति भन्न कुरा दिवा सपना मात्र हुन्छ । अझै पनि पार्टीले राम्रो व्यवस्थापन गर्ने हो भने, देशमै रोजगारी सृजना गर्ने हो भने विदशे पलायन हुने युवाहरुलाई रोक्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top