भर्खरै
Home / बिचार / सामुहिक सदभावको पर्व गौरा: भवानी ऐर

सामुहिक सदभावको पर्व गौरा: भवानी ऐर

धनगढी । सामुहिक सदभावको पर्व गौरा सुदूरपश्चिभर सप्ताहव्यापी मनाइदै छ । मध्य तथा सुदूरपश्चिमदेखि भारतको उत्तराखण्डको सबैभन्दा ठूलो चाडपर्व मध्येको गौरापर्व बिहीवारदेखि सुरु भएको थियो ।

सप्तमीका दिन अविवाहित युवतीहरुले खेतवारीबाट धान, साउँ लगायतका बिरुवाको गौरीको प्रतिमा बनाएर डालोमा राखेर भि¥याइएको गौराको अष्ठमीका दिन पहेंलो कपडाले बेरिएको काठको पिर्का महेश्वरको प्रतिकसंग विवाह धुमधामकासाथ गरिएको थियो । यसपाली बन्द हड्ताल र कफ्र्युकावीच पनि धनगढीलगायत सुदूपश्चिमका विभिन्न गाउँटोलमा गौरा पर्वले चहलपहल बढाएको छभने आफन्तमा सामुहिक सदभाव बढाउने मेसो बनेको पनि छ ।

हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरा देवीको निराहार ब्रत बसेको किवदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । ‘पार्वतीले शिव पति पाएझैं अविवाहित युवती शिवझैं पति पाउन ब्रत बस्छन भने विवाहितले पति तथा सन्ततीको दीर्घायुको कामना गर्छन् ।’ महाकाली साहित्य संगमका केन्द्रीय अध्यक्ष बीरबहादुर चन्द भन्नुहुन्छ– ‘पौराणिक विश्वासका आधारमा यसक्षेत्रमा गौरापर्व सस्कृतिका रुपमा मनाइन्छ ।’

गौराको पहिलो दिन पवित्र नदी, तलाउ, धारा, पधेंरा र गौराघरमा निराहार व्रर्त बसेका महिलाले बिरुडा भिजाउन्छन् । तामा वा पित्तलका भाँडामा भिजाइने गहुँ, केराउ, गहत, मास र गुराँसलाई बिरुडा भन्ने गरिन्छ । बिरुडा भिजाउन थालेपछि नदी, तलाउ र पानी पधेंराहरुमा सगुन गुन्जिएका हुन्छन । ‘भदौ महिना गर्मी र चिसोको मध्यम हो, त्यसैले रोगव्याधि फैलिने डर हुन्छ,’ आचार्य घनश्याम लेखकले भन्नुभयो– ‘पाँच अन्नको बिरुडा खाएपछि पेट खराब हुँदैन ।’ उहाँले बिरुडालाई नेवार समुदायले क्वाँटी सरह खाने गरेको बताउनुभयो ।

गौरापर्वको सबैभन्दा ठूलो दिन अष्ठमी अर्थात अठेवालीका दिन बिरुडा गौरा देवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रुपमा भिजाइएको बिरुडालाई पकाएर खाने चलन पनि छ । यसअघि महिलाहरुले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेवाली (विवाह)पछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाहरुले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरा खेलमा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्कोलगायतका देउडा खेल्ने गर्छन् ।

यस्तै धामी झाँक्रीलाई खुसी बनाउन पुरुषहरुले विशेषगरी देवताका गाथा समेटिएका देउडाखेलमा रमाउँछन् भने महिलाहरु गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा राखी आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो अथवा जसले जस्तो फल टिप्नसक्यो त्यस्तै चिताएको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

एक सातासम्म मनाइने गौरा सुदूरपश्चिम क्षेत्रका महिला र पुरुषहरुले वर्ष दिनका पीडालाई बिर्सन विभिन्न देउडाखेलहरु खेलेर मनोरञ्जन गर्छन् । अनुकुल अवस्था हेरेर पाँचदेखि ११ दिनसम्म गौरा देवीको प्रतिमालाई सामुहिक नचाउने, धुमारी, ढुस्को, ठाडो खेललगायतका देउडा खेल्ने गर्छन् । धुमारी, ढुस्को र ठाडोखेलमा महाभारत, रामायण सहित वीरगाथामा आधारित कथाहरु भन्ने गरिन्छ ।

सामाजिक सद्भाव र महिला सम्मानकालागि मनाइने गौरा सांस्कृतिक पर्व भएकाले अन्य समुदायले पनि मनाउनुपर्ने अधिकारकर्मी पुनम चन्द बताउनुहुन्छ । वर्षमा एक पटक मनाइने गौरा मानवीय संस्कृति भएको बताउदै उहाँले भन्नुभयो– ‘हामीले मौलिकता छाड्नु हुँदैन ।’ महिला र पुरुष दुबैले धुमधामसंग मनाउने भए पनि गौरापर्व विशेषगरी महिलासित जोडिएको उहाँको भनाइ छ ।

गौराको अन्तिम दिन बाजागाजा सहित जलशय वा नदी किनारमा विर्सजन गरिन्छ । बिरुडा भिजाउनदेखि गौरा विसर्जनसम्मका दिन महिला पुरुष सबैका लागि उल्लासमय हुन्छन । साहित्यकार चन्द भन्नुहुन्छ– ‘यसमा धार्मिक र सांस्कृतिक दुबै महत्व छ ।’

भारतमा मुगल सम्राटको अत्याचार सहन नसकेपछि तत्कालीन डोटी राज्यमा आएकाहरुले गौरा मनाउन थालेको विश्वास गरिन्छ । सुदूरपश्चिममाझैं गौरा भारतका कुमाउँ, गडवाललगायतका क्षेत्रमा समेत धुमधामसंग मनाउने गरिन्छ । कर्णाली सिंजाको मल्ल राज्य पतनपछि १३७० देखि १८४७ सम्म डोटी राज्य कायम रहेकोले उहिलैदेखि यसक्षेत्रमा पनि गौरा परम्परा भित्रिएको मानिन्छ ।

थाकथलो सुदूरपश्चिम भई देश बिदेशमा रहनुहुनेले समेत पछिल्ला केही वर्षयता देउडा खेल्दै गौरा मनाउने गरेकाले देउडाले लोकप्रियता बन्दै गएको छ । बसाइँ सराइसँगै तराईका कञ्चनपुर र कैलालीका पहाडी समुदायले मनाउने गौरा पर्वमा खेलिने देउडाप्रति सबैको आकर्षण बढेको छ ।

शिव पार्वतीको प्रतिमारुपी गौरासंग ब्रतालुहरुले आफन्तको दीर्घायुका अलवा देशमा दिगो शान्ति र संविधानको कामना समेत गरेको बताएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top