भर्खरै
Home / बिचार / प्रगतिशील दृष्टिमा तीज: निनु चापागाई

प्रगतिशील दृष्टिमा तीज: निनु चापागाई

नेपालका अधिकांश चाडबाडहरू धर्मका आधारमा निर्माण भएका छन् । आम रूपमा प्रचलनमा रहेका धार्मिक, पौराणिक कथाहरू र व्यवहार आदिले नै तिनको प्रकृतिका बारेमा पर्याप्त जानकारी दिने गरेका छन् । कतिपय चाडबाड जातीय र लिङ्गीय हैकम, अभिमान र विभेदमाथि जोड दिने उद्देश्यले बनाइका छन् । जनै पूर्णिमाका दिन बाहुन–क्षत्रीहरूले त्यसमा पनि बाहुनहरूले लगाउने जनैको पूजा गर्ने र फेर्ने चलन छ । यो नितान्त जातिवादी र लिङ्गवादी चाड हो । हिन्दु शास्त्रमा बाहुन र क्षत्रीलाई द्विज भन्ने गरिएको छ । संस्कृत भाषाको द्विज शब्दको अर्थ दुइ पटक जन्मने हुन्छ । अरू जातका मानिसहरूको जन्म एक पटक मात्र हुन्छ । तर बाहुन क्षत्रीहरू हिन्दु धर्मअनुसार एक पटक आमाको गर्भबाट जन्मन्छन् भने अर्काे पटक जनै लगाएपछि फेरि जन्मन्छन् । जनैले उनीहरूलाई संस्कारित गर्दछ, अरूभन्दा पवित्र जातिको रूपमा माथि उकाल्दछ । हिन्दु धर्मशास्त्रअनुसार यो उनीहरूको दोस्रो जन्म हो । यसरी जनै पूर्णिमालाई अन्य जातिलाई नीच र आफुलाई उच्च जाति देखाउने खस हिन्दुहरूको जातीय अभिमानको चिनो साबित भएको छ । यसको मूल काम जातीय र लैङ्गीक विभेदलाई पुष्टि गर्नु हो ।

लेखक: निनु चापागाई

लिड्डगत श्रेष्ठतालाई दृष्टिगत गरेर निर्माण भएका चाडबाडमा तीज, ऋषिपञ्चमी र जनै पूर्णिमा देखिन्छन् । जनै पूर्णिमा–पुरुषहरूको लागि र तीज तथा ऋषिपञ्चमी महिलाहरूका लागि निर्माण गरिएका धार्मिक पर्वहरू हुन् । दुवैले शुद्धतामाथि विशेष जोड दिएका छन् । तीज र ऋषिपञ्चमी अलग अलग पर्व जस्तो लागे तापनि यी पर्वलाई आपसमा जोडिएका पर्वका रूपमा हेर्ने र जनै पूर्णिमाको समानान्तर पर्वका रूपमा मूल्याड्ढन गर्ने एउटा दृष्टिकोण पनि विकसित भएको पाइन्छ । तर तिनमा आधारभूत भिन्नता के छ भने जनै पूर्णिमाले बाहुन र क्षेत्रीहरूको जातिगत श्रेष्ठताका साथै समाजमा पुरुषको हैकमवादी स्थितिमाथि जोड दिन्छ भने पुरुषमाथिको महिलाको निर्भरता एवम् महिलाहरूको पुरुषहरूमाथिको आश्रिततालाई पछिल्ला दुइटा पर्वहरूले जोड दिन्छन् ।

तीजको चर्चा गर्दा ऋषिपञ्चमीलाई पनि यसै सन्दर्भसँग जोडेर चर्चा गर्नु आवश्यक छ भन्ने मलाई लागेको छ । यी दुवै धार्मिक पर्वले महिलाप्रतिको पुरुषहरूको हैकमवादी दृष्टि र मानसिकतालाई उद्घाटित गर्दछन् । तीजले महिलाहरू प्रतिको पितृसत्ताको एउटा वैचारिक पाटोलाई प्रदर्शन गर्छ भने ऋषिपञ्चमीले अर्को पाटोलाई प्रदर्शन गर्छ । त्यसैले यिनलाई अलग्ग्याएर हेर्ने दृष्टिकोणमाथि पुनर्विचार गर्नु उपयुक्त हुन्छ भन्ने मलाई लागेको छ । कतिपय समाजशास्त्रीहरूले यी दुइ पर्वलाई गा“सेर हेर्ने काम धेरै अघिदेखि गर्दै आइरहेका पनि छन् ।

भाद्र शुक्ल तृतीयाका दिन ब्रत, उपवास, पूजा आदि गरेर विवाहिता नारीले आप्mना पतिको दीर्घायु, सुस्वास्थ्य र उन्नतिका लागि मनाउने तीजका बारेमा विभिन्न किसिमका धार्मिक कथाहरू प्रचलनमा छन् । अविवाहित पार्वतीले कठोर तपस्या गरी शिवलाई पतिको रूपमा पाएकीले कुमारी कन्याहरू पनि असल लोग्ने पाउँ भन्ने विचारले यो व्रत बस्तछन् । तीज नेपालका विशेषगरी हिन्दु महिलाहरूको विशेष चाड हो । भदौ शुक्ल पक्षको द्वितीयाका दिन दर खाएपछि पछिल्लो दिन तृतीयामा तीजको व्रत बस्ने चलन छ । यो खस संस्कृतिको विशिष्ट नमुना किन हो भने तराईका हिन्दुहरूले तीज यही रूपमा मनाउँदैनन् र उत्तरी क्षेत्रका महिलाहरूले पनि यस पर्वलाई मान्दैनन् । जनजातिहरूमा यो चाड पछि मात्र विस्तार भएको हो । शासक जाति र वर्गका महिलाको चाड भएकोले यसलाई पनि अरू जाति र वर्गमाथि लादिएको हो । यसलाई लिङ्गवादी चाड मान्न सकिन्छ । यस चाडमा महिलाहरूले शिवपार्वतीको पूजा गर्दछन् । प्रचलित धार्मिक कथा अनुसार हिन्दुहरूका देव देवी शिव पार्वतीको विवाहसम्क्बन्धी कथासित यस चाडलाई गाँस्ने गरिएको छ । हिन्दु धार्मिक मान्यता अनुसार पार्वतीले शिवसित विवाह गर्न पाउँ भनेर जसलमा गई, अन्न, जल समेत त्यागी तपस्या गरिन्, शिवको आराधना गरिन् र आफुले चाहेको वर प्राप्त गरिन् । यही कारण हिन्दु नारीहरूले आफुले इच्छा गरेको पति, उसको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिका लागि यस चाडलाई निरन्तरता दिएका हुन् भनिन्छ । कथाहरूमा कतिपय असमानताहरू फेला पर्दछन् । स्वस्थानी व्रतकथाका अनुसार नदीको किनारामा एक महिनासम्म स्वस्थानी व्रत गरेपछि शिवलाई पार्वतीले प्राप्त गरेको उल्लेख छ भने हरितालिका तीजको व्रत कथामा दिनभर अन्न, जल नखाई निराहार व्रत गरेपछि शिव प्रसन्न भई वरदान दिएको उल्लेख भएको भेटिन्छ । तर ‘हरिततालिका’ शब्दले भने अर्कै कथालाई सङ्केत गरेको छ । हरितालिका हरित र आलिका मिलेर बनेको शब्द हो । हरितको अर्थ अपहरण गरिएको र आलिका भनेको महिला साथी हो । सारमा यसको अर्थ साथीहरूबाट हरण गरी लुकाइएकी भन्ने हुन्छ । पार्वतीलाई उनका साथीहरूले लुकाएर राखेका थिए र त्यही“ शिवसित भेट भएर विवाह भएको हुन सक्तछ । कथामा हिमालयले शिवसित प्रेम गर्ने आप्mनी पुत्री पार्वतीको बिहे विष्णुसित गर्न लागेको थाहा पाएपछि पार्वतीका साथी जया, विजया, अजिता, अपराजिता आदिले बाबुको घरबाट भगाएर लुकाएर राखे र पछि शिवसित बिहे गराइदिए भन्ने छ । यस चाडलाई केही विचारकहरूले पार्वती र शिवको प्रेमको सफलताको प्रतीकका रूपमा प्रारम्भ भएको र पछि पितृसत्तात्मक विभेदको पर्वको रूपमा रूपान्तरण गरिएको हो भन्ने तर्क गर्ने गरेका छन् । यो विभेद र पुरुष हैकम स्थापित गर्नकै लागि पछि व्रत बस्दा पानी पिए पतिको रगत पिएसरह हुने, अरू कुनै ठोस अन्न खाए पतिको मासु खाए सरहको पाप लाग्ने जस्ता उपकथाहरू थपिएको हो भन्ने उनीहरूको भनाइ छ ।

तीजको पर्सीपल्ट मनाइने ऋषि पञ्चमी चाड पनि महिलाहरूसित सरोकार राख्ने चाड हो । रजस्वला हुन थालेपछि बन्द नभएसम्म हिन्दु महिलाहरूले, खासगरी खस जातिका महिलाहरूले अनिवार्य रूपमा मनाउनै पर्ने चाडका रूपमा यसलाई लिइन्छ । यससित पनि केही पौराणिक कथा जोडिएका छन् । हिन्दु धर्मशास्त्रले महिलाहरूलाई अत्यन्त निम्न स्तरमा राख्ने गरेको पाइन्छ । पुरुष जातिलाई पापमा लगेर डुबाउने महिला हुन् भन्ने प्रमाणित गर्न यसले अनेकौं प्रयास गरेको पाइन्छ । यसका दृष्टिमा महिला अपवित्र, फोहोर, सङ्गत गरेपछि नरक पार्ने तत्व हुन् । त्यही पापबाट मुक्त हुने चाडका रूपमा ऋषिपञ्चमी चाडलाई लिइन्छ । पौराणिक कथा अनुसार इन्द्रको वृत्रासुर नाम गरेको राक्षससित युद्ध परेको थियो । वृत्रासुर बाहुनको सन्तान थियो । देवराज इन्द्रले उसलाई मार्न त मारे तर ब्रह्महत्याको पापले पोलेर टिक्नै सकेनन् । त्यो पाप रजस्वला हुँदा बग्ने रगतको रूपमा महिलाले आप्mनो जीउमा बोकेका हुन्छन् । यही कारण शास्त्रको भनाइमा महिलाहरू पापिनी, फोहोर्नी र अपराधिनी हुन् । शास्त्रले– प्रथमेकहनि चाण्डाली द्वितीये ब्रह्मघातिनी, तृतीये रजकी ह्येता चतुर्थेकनि शुद्ध्यति (रजस्वला भएको पहिलो दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्महत्या गर्ने, तेस्रो दिन धोबिनी र चौथो दिन शुद्ध हुने) भन्ने गरेको छ । ऋषिपञ्चमीको कथा अनुसार एउटी ब्राह्मणीले रजस्वला भएको बेलामा थाहै नपाई भाँडाकुँडा छोइछिन् र त्यसैका कारणले मरेपछि आप्mनै घरमा कुकुर्नी भएर जन्मन पुगिछन् । लोग्ने पनि श्रीमतीले रजस्वला भएको बेला लसपस गरेकै कारणले पापमा डुब्न पुगेछ र गोरु बनेर त्यही घरमा जन्मिएछ । घरपति छोराले बाबुको श्राद्धका दिन ती कुकुर्नी र गोरु दुवैलाई भोकै राखेछ । कुकुर्नी र गोरुका बीचमा भएको कुराकानी छोराले सुनेछ । ती आफु भोकभोकै भएर छटपटाएको र आप्mनो पहिलेको पापबाट कहिले कसरी मुक्त हुने होला भनेर कुराकानी गरिरहेका रहेछन् र ती त आप्mनै अघिल्ला जन्मका आमाबाबु रहेछन् भन्ने उसले थाहा पाएछ । अनि उसले धर्मगुरुसित सोध्दा ऋषिपञ्चमीका दिन सप्तऋषि र अरुन्धतीको पूजा गरे पापबाट मुक्त हुने उपाय थाहा भएपछि त्यसै गरेर तिनलाई पापबाट बचाएछ । वास्तवमा रजस्वला नियमित शारीरिक स्वाभाविक प्रक्रिया मात्र हो । रजस्वला वनस्पति जगत्मा पनि हुने गर्दछ । यो कुनै पनि किसिमले पापकर्म होइन । पुरुषवादी हैकम स्थापित गर्न यस खालका कथाहरू निर्माण भएका हुन् । पुरुष श्रेष्ठ, नारीहरू हीन, अपवित्र, फोहोरी, पापिनी भन्ने देखाउन यस्ता मनगढन्ते कथाहरू रचिएका हुन् । यो जाति, वर्ग र लिङ्गमा टिकेको समाजको नारी उत्पीडनको एउटा नमुना पर्व हो । यस कथाको अर्काे अनौठो पक्ष के पनि छ भने अरून्धती सातवटा ऋषिकी साझा पत्नी थिइन् उनी चाहिं कसरी सदा कन्या सदा पवित्र ? उनको पूजा गरेपछि ब्रह्महत्याको पाप र जान अन्जानमा परेका पापहरू पनि सबै कसरी नष्ट भएर जाने ?

यहाँ सन्दर्भवश यी कथाको उल्लेख भए तापनि पुराणशास्त्रका कथाहरूलाई आधारित गरेर यी पर्वहरूको चर्चा गर्नु किन उपयुक्त छैन भने हामीले त्यसो गर्नका लागि स्वस्थानी ब्रतकथादेखि लिएर पञ्चमी ब्रतकथासम्मका कथाहरूलाई आधार बनाउनुुपर्ने र चर्चा गर्नुपर्ने हुन्छ । यहाँ तिनको विवरणमा जानुभन्दा तिनलाई हेर्ने दृष्टिकोण कस्तो हुनुपर्छ भन्ने सवालमाथि केन्द्रित हुने प्रयत्न गरिएको छ ।

सारमा भन्नुपर्दा तीज–ऋषिपञ्चमीले हिन्दु धर्मावलम्बी बाहुन–क्षेत्रीको विश्वदृष्टि र सामाजिक बनोट निर्माण गर्ने प्रभुत्वशाली पितृसतात्मक विचारधाराको प्रतिनिधित्व गर्दछन् र यी चाड त्यसका व्यावहारिक रूप समेत हुन् । तीज–ऋषिपञ्चमी हिन्दुधर्मका अनुयायी बाहुन, क्षेत्री बाहेकका अन्य जातिहरूका महिलाहरूले मनाउने गर्दैनन् । हिन्दुधर्मको प्रभुत्वका कारणले यसको विस्तार हिन्दुधर्म नमान्ने अन्य जातिमा पनि नभएको होइन, तर यो उनीहरूको मौलिक संस्कृति नभएर शासक वर्गको प्रभुत्वको फलस्वरूप उनीहरूमाथि लादिएको वा उनीहरूको देखासेखी गरेर अन्य जातिका कतिपय महिलाहरूले अपनाउन थालेका मात्र हुन् ।

हामी सबैलाई थाहा भएकै कुरो हो– हिन्दु पितृसत्तात्मक विचारधाराको कुञ्जी नारीको तुलनामा पुरुषलाई उच्च मूल्य प्रदान गर्नु, पुरुषको श्रेष्ठता र हैकम स्थापित गर्नुमा रहेको छ । हिन्दुहरूको संयुक्त परिवारको संरचनामा यसलाई राम्ररी देख्न र अनुभव गर्न सकिन्छ । हिन्दु संयुक्त परिवार आवासीय एकाई मात्र नभएर आर्थिक एकाई समेत हो । सामान्यतः यस्तो परिवारभित्र परिवारको मूलीका रूपमा बाबु अनि आमा, छोरा–बुहारीहरू, नाति नातिनीहरू र अविवाहित छोरीहरू रहेका हुन्छन् । हरेक पितृसत्तात्मक एकाईले छोरीहरूलाई विवाह गरिदिएर आफ्नो एकाईबाट बाहिर पठाउँछ । यसका साथै उसले अन्य पितृसत्तात्मक वंशकी छोरीलाई बुहारी बनाएर आफ्नो एकाईमा भित्रयाउँछ । यसरी छोरीहरूले फरक फरक वंशहरूका बीचको सम्पर्क सूत्रको काम त गरेका हुन्छन् तर संस्कार र अनुभूतिका तहमा उनीहरू कहिल्यै पनि माइती वा घरसँग अन्तरड्ड रूपबाट गाँसिन भने पाउँदैनन् । सम्पूर्ण पितृसत्तात्मक संस्थाका दृष्टिले उनीहरू एक अर्थमा पराई तत्वजस्तै बन्न पुग्दछन् ।

पितृसत्तात्मक संस्थामा नारीहरूको संलग्नता र सहभागिता निकटको नभएर अलि टाढाको रहेको हुन्छ । वंशगत ऐक्यबद्धतालाई प्रमाणित गर्ने देवाली र दशैंको पूजाआजामा उनीहरूको संलग्नता आधिकारिक रूपमा रहेको पाइँदैन । त्यस्तै उनीहरू काजक्रियामा प्रत्यक्ष संलग्न हुन पाउँदैनन् । हिन्दुहरूको विश्वास अनुसार पितृलोकमा पूर्वजहरूलाई अमरत्व प्रदान गर्ने काम पुरुषले मात्र गर्न सक्दछ । यी कुराका अतिरिक्त सबैभन्दा ठूलो कुरो पुरुषहरूलाई जस्तो महिलाहरूलाई पैतृक सम्पत्तिको उत्तराधिकारी बन्न दिइँदैन र उनीहरूलाई यस अधिकारबाट वञ्चित गरिन्छ । पितृसत्तात्मक संस्थाभित्र महिलालाई पृथक् गरिएका यस्ता केही उदाहरणबाट उनीहरूलाई पितृसत्तात्मक संस्थाभित्र गौण महत्वको स्थान दिइएको र उनीहरूलाई पुरुषहरूको अधीनमा राखिएको प्रस्ट रूपमा देख्न सकिन्छ ।

मानव समाजको विकास तथा मानव सभ्यताको निर्माण नारी र पुरुष दुवैको संयुक्त प्रयत्न विना सम्भव थिएन र छैन । यो अति साधारण र आधारभूत सत्य हो । त्यस्तै अर्को सत्य के पनि हो भने मानव समाजको विकास अर्थात् सृष्टिको प्रमुख अभिभारा नारीको जिम्मामा हुन्छ । मानिसलाई जन्माउन र हुर्काउन बाबुको भन्दा आमाको सयौं गुना बढी मिहिनेत र कष्ट परेको हुन्छ । तर यस तथ्यलाई सहर्ष स्वीकार गर्नुको सट्टा पुरुषको श्रेष्ठता र हैकम स्थापित गर्न आज पनि पितृसत्ताका पक्षपातीहरू सबै क्षेत्रमा लागिपरेका छन् । यस निम्ति पितृसत्तात्मक राज्य संयन्त्र र धर्मले सबैभन्दा बढी नकरात्मक भूमिका निर्वाह गरेका छन् ।

धर्मको एउटा काम नै मानव इतिहासमा भएका नारीहरूको योगदानको अवमूल्यन गर्नु, नारीहरूमाथि पुरुषको प्रभुत्व स्थापित गर्नु र नारी चेतनालाई कुण्ठित पार्नु रहेको छ । संसारमा विद्यमान हिन्दु, हिब्रु, जोरास्टर, इसाई, इस्लाम, ताओ, कन्फ्युसियस, बौद्ध, जैन जस्ता धर्महरूको अस्तित्व मातृसत्तात्मक समाजलाई उल्ट्याएर पितृसत्ताको स्थापनापछि भएको कारणले यिनले पितृसत्ता, दासप्रथा, शासनसत्ता र सम्पत्तिको केन्द्रमा रहेका वर्ग र व्यक्तिको प्रभुत्व स्थापना गर्ने कार्यमा विशेष भूमिका निर्वाह गरेका छन् । राज्यसत्ता र धर्म पितृसत्ताको स्थापनाको अवधिदेखि नै एकअर्काका पूरक रहँदै आएका छन् । यिनले महिला र श्रमजीवी वर्गमाथि त्यतिखेरदेखि नै रूढि, अन्धविश्वास, कायरता, हीनताबोध र दास मानसिकता भर्न निरन्तर प्रयत्न गर्दै आएका छन् । ‘न स्त्री स्वातन्त्र्यमर्हति’ भनेर महिलाहरूलाई पुरुषको अधीनमा कज्याउने दृष्टिकोण हिन्दुधर्मका अगुवा मनु र चाणक्यहरूले अघि सारेको हामी सबैलाई थाहा नै छ । ‘नारीधर्म’ भनेर नेपालमा जेलाई इङ्गित गर्न खोजिएको छ– त्यो यही ‘महिलाहरू कहिल्यै पनि स्वतन्त्र हुनु हुन्न, पुरुषका अधीनमा बस्नु पर्छ’ भन्ने चिन्तनको चरम रूप हो । तीज एवम् ऋषिपञ्चमी पर्व र महिलाहरूले ती दिनमा व्रत बस्नुपर्ने परम्परा त्यसैका अभिन्न अड्ड हुन् ।

हिन्दू पुराणशास्त्र अनुसार तीजको व्रत मूलतः पतिको दीर्घायुका लागि गरिन्छ, इच्छित पति पाउन र दाम्पत्य जीवनको सुख–समृद्धिका लागि व्रत बस्नु यसको गौण पक्ष मात्र हो । ऋषिपञ्चमीको व्रत महिनावारी भएको बेलामा कुनै पुरुषलाई छोएको पापबाट बच्नका लागि गरिने हो । अघिल्लोमा पतिको आयुका निम्ति पत्नीलाई उत्तरदायी ठह¥याइन्छ भने दोस्रोमा पत्नीको पतिव्रता हुनुमा शङ्का मात्र उठाइँदैन महिनावारी जस्तो स्वाभाविक घटनालाई पनि महिलाको दोष र पापका रूपमा लिने काम गरिन्छ । ऋषिपञ्चमीको पूजामा अरुन्धतीलाई पूजा गर्ने प्रसड्डले म पतिव्रता रहिरहुँ, अरू ऋषिपत्नी जस्तो प्रतिव्रता धर्मबाट च्यूत नहु“ भनेर महिला आफैंले व्रत बसेको तथ्यलाई सङ्केत गर्दछ । यसरी यी दुवै पर्वले पुरुष हैकमलाई नै प्रश्रय दिने काम गर्दछन् ।

पतिको आयुका निम्ति पत्नीलाई उत्तरदायी ठान्ने चिन्तन पूर्णतः गलत छ, यो रुढि र अन्धविश्वास बाहेक अरू केही होइन । कुनै पनि व्यक्तिको आयु लामो वा छोटो हुनामा आन्तरिक र बाह्य दुईओटा कारणले काम गरेका हुन्छन् । आन्तरिक कारण वंशानुगत जीनहरू हुन् भने पालनपोषण, खानपान, वातावरण, तनाव आदि बाह्य कारण हुन् । यिनका आधारमा नै कसैको पनि आयु लामो वा छोटो हुने गर्दछ । विज्ञानका दृष्टिमा पत्नीको व्रत बसाइले पतिको आयुमाथि सकारात्मक वा नकारात्मक कुनै पनि किसिमको प्रभाव पर्दैन । मानिस अजम्बरी हुँदैन । उसको आयु ५०० वर्षको कल्पना सम्म गर्न नसकिएको आजको अवस्था छ । अहिले उज्वेकिस्तानमा मानिसहरू १२० वर्षसम्म बाँचेको पाइन्छ । मानिसको अहिलेको लामो अवधिको जीवन यत्ति नै हुन पुगेको छ । वैज्ञानिकहरू ३०० वर्षसम्म मानिसको आयु लम्ब्याउन सकिन्छ कि भनेर अनुसन्धान गरिरहेका छन् । त्यसभन्दा बढी वर्ष बचाउन सकिएला भन्ने उनीहरूको कल्पनामा सम्म आउन सकेको छैन ।

नेपालको सन्दर्भमा कुरो गर्दा झन्डै ५० प्रतिशत शिशुहरू पाँच वर्ष अगावै मर्दछन् । त्यस अवधिबाट जोगाउन सकिएमा नेपालका मानिसहरू सामान्यतः ५०÷६० वर्ष बाँच्छन् भन्ने तथ्य सार्वजनिक भैसकेको छ । यसका निम्ति व्रत बस्नुपर्ने आवश्यकता कहीं कतै देखिंदैन । पत्नी व्रत बसेर पतिको आयु लम्बिने वा नबस्ता छोटिने भए हामीजस्ता मानिसले उहिल्यै सिलटिम्बुर खाइसक्नुपर्ने हो । मेरी पत्नीले कहिल्यै तीजको ब्रत लिएकी छैनन्, उनको त्यसमा कुनै विश्वास छैन । नेपालमा यस्ता थुप्रै मान्छेहरू छन् भन्ने मलाई लाग्छ । नेपालका तीजको परम्परालाई नमान्ने अन्य धर्मावलम्बीका तुलनामा तीजको व्रत बस्ने हिन्दु पुरुषहरूको वा पतिको आयु विशिष्ट रूपमा नै लामो भएको पनि हामी कतै फेला पार्न सक्तैनौं । यस सन्दर्भमा लोग्नेको लामो आयुको चिन्ता लिएर पत्नीले व्रत बस्नुपर्ने, तर लोग्नेले चाहिं केही पनि चिन्ता र चासो लिनु नपर्ने जुन परम्परा छ त्यसले नै समाजमा पुरुषको स्थान माथिल्लो हुन्छ र महिलाको महत्वहीन हुन्छ भन्ने पितृसत्तात्मक चिन्तनलाई प्रमाणित गर्दछ ।

व्रत बस्ता इच्छित पति प्राप्त गर्न सकिन्छ भन्ने कुरो पनि गँजडीको गफ जस्तै मात्र हो । यो सत्य हुँदो हो त ब्रत बस्ने सबैले इच्छित पति पाउने थिए । फलस्वरूप घरेलु हिंसामा कमी आउने थियो । पुरुषको हैकमबाट महिला धेरै हदसम्म मुक्त हुनुपर्नेे हुन्थ्यो । तर त्यस्तो भएको पाइँदैन । त्यसैले यस्तो सोचमा अन्धता बाहेक कुनै तथ्य र तर्क छैन ।

आजको जस्तो भेदभावपूर्ण र एकहदसम्म बन्धनको जीवन बाँच्नुपर्ने महिलाहरूका निम्ति तीज रमाइलो चाडपर्व हुनसक्छ । उनीहरू वर्षमा एकचोटि भए पनि माइतीसँग भेटघाट गर्न पाउँछन्, साथीभाइहरूसँग हाँसखेल गर्न पाउँछन्, वर्ष दिनमा १ पटक नाचगान गर्ने अवसर पाउँछन् । क्षेत्री–बाहुन परिवारका महिलाहरूलाई नाचगान गर्नमा एक किसिमको बन्देज लगाएसरह छ । उनीहरूले नाचगान गर्न पाउने कि त तीज हो कि त छोरा वा दाजुभाइको विवाहमा मात्र हो । त्यस बाहेक अन्य समयमा नाचगान ग¥यो भने उनीहरूलाई हेय दृष्टिले हेरिन्छ । राम्ररी खानसम्म नपाउने महिलाहरू खानपानको सन्दर्भमा आफूले चाहे अनुरूपको खाद्य यस अवसरमा पाउँछन् । गीतको माध्यमबाट वर्ष दिनसम्म गुम्सिएर रहेका आफ्ना भावनाहरूलाई पोख्न पाउँछन् । यो तीजको सकारात्मक पाटो हो । तर यो सबै त महिलाहरूले निकै ठूलो मूल्य चुकाएर मात्र पाएका हुन् । उनीहरूले पुरुषको प्रभुत्व र हैकम स्थापनाका निम्ति गरेको वलिदानका कारणले यो सबै पाएका हुन् भन्ने हामीले यस सन्दर्भमा बिर्सनु गलत हुन्छ ।

हिजोआज तीजका सन्दर्भमा माइती छोरीको घरमा कोसेली पठाउनुपर्ने प्रकरण पनि सुरुआत भएको छ । माइतीबाट खाद्य सामग्रीहरू पठाउनुपर्ने, लत्ताकपडाहरू पठाउनुपर्ने जस्तो खराब पक्ष विकसित भइरहेको छ । यसले कोसेलीको आधारमा चेलीको मूल्य निर्धारित गर्ने, चेलीले माइतीबाट बढी आशा गर्ने र माइतीलाई बोझ थप्ने परम्परा विकसित हुनथालेको पाइन्छ ।

तीजको अवसर पारेर तीज विरोधी अभियान सञ्चालन गर्ने क्रममा हिजोआज सांस्कृतिक कार्यक्रम गर्ने, छलफल गर्ने, विचारगोष्ठी गर्ने जस्ता परम्पराको विकास भएको पाइन्छ । तीजका दिन व्रत बस्ने वा नबस्ने महिलाहरू निश्चित ठाउँमा भेला भएर नाचगान गर्ने, महिलाहरूलाई समान अधिकारका निम्ति सचेत बनाउने, महिला मुक्ति र जागरणका गीतहरू गाउने आदि कार्य यस्ता अवसरमा हुने गरेका छन् । यसलाई तुलनात्मक रूपले सकारात्मक मान्न सकिएला । तर मेरो दृष्टिमा यो तीजलाई अर्काे तरिकाले मान्यता दिने परिपाटी पनि हो । वर्ष दिनभरि अरू केही नगर्ने तर तीजका दिन वा यसका वरिपरि तीजलाई अवसर पारेर कार्यक्रम गर्ने भनेको यसलाई नै अर्काे अर्थमा विशेष महत्व दिने सोच नै हो । हिजोआज तीज मनाउने सन्दर्भमा अनेकौं खालका विकृति समेत देखा पर्न थालेका छन् । मेडियामा तीज आउनुभन्दा धेरै दिन अघिदेखि नै राता लुगा लगाएका महिलाहरूलाई गरगहनाले ढकमक्क पारेर नचाउने परिपाटी विकसित भएर गएको देखिन्छ । वास्तवमा यो तीजको विकृतीकरण हो, महिलालाई उपभोग्य वस्तुको रूपमा प्रस्तुत गर्ने उपभोक्तावादी संस्कृतिलाई प्रश्रय दिने काम हो । तीजको अवसरमा कार्यालयहरूमै नाचगान गर्ने गराउने, भोजभतेर लगाउने प्रचलन पनि विकसित हुन थालेको छ । यो पनि वास्तवमा तीजलाई मान्ने भन्दा पनि मोजमज्जा गर्ने, तीजलाई विकृत बनाउने परिपाटीकै लक्षण हो । तीजका अवसरमा चन्दा उृठाउने लगायत विभिन्न किसिमले पैसा जम्मा गर्ने र मोजमज्जामा त्यसलाई उडाउने खालका कार्यक्रमहरू पनि विभिन्न सङ्घ–संस्थाहरूले गर्न थालेका छन् । परम्परालाई, महिलालाई हेर्ने पुरानो दृष्टिकोणलाई निरन्तरता दिनेहरूले र महिलालाई विलासिताका सामानका रूपमा लिनेहरूले यसलाई बढाबा दिइ रहेका छन् । यो महिलाहरूको सम्मान होइन अपमान हो । यस्ता सन्दर्भहरूको भन्डाफोर र विरोध त्यति भैरहेको पाइँदैन । महिला मुक्तका निम्ति सङ्घर्षरत सङ्घ–संस्थाहरूको ध्यान यतातिर पनि जानु आवश्यक छ ।

वास्तवमा तीजको व्रत बस्नाले पतिको आयु लम्बिन्छ वा चाहेको पति प्राप्त हुन्छ भन्ने धारणालाई अबका महिलाहरूले चटक्क छाड्नु उचित हुन्छ । समाज रूपान्तरणको कार्यमा लागेका सजग अग्रज महिला वा पुरुषले तीज र तीजको विभेदकारी सारलाई बुझेर यसका विरुद्ध अभियान सञ्चालनमा बढी क्रियाशील हुनु आवश्यक छ । तीजको सन्दर्भमा मात्र होइन अन्य सन्दर्भमा समेत महिलाहरूलाई हेर्ने पितृसत्तात्मक विचारका विरुद्ध वैचारिक, सांस्कृतिक क्रियाकलापहरू गर्ने काम गर्नु पर्छ र वैज्ञानिक दृष्टि विकसित गर्न पहल गर्नु पर्छ ।

एकथरी मानिसहरू सांस्कृतिक रूपान्तरण सवाल आयो कि यसको विकल्प चाहिन्छ भन्ने खालका तर्क गर्ने गर्दछन् । गलत कुराहरूलाई परित्याग गर्ने हो विकल्प खोज्ने होइन । जुन कुरो वैज्ञानिक छैन, जुन कुरो गलत छ, जुन कुरो अन्धविश्वासबाट सिर्जना भएको छ त्यस्तो कुरोलाई विकल्प खोजेर निरन्तरता दिने प्रयास परम्परालाई जसरी पनि धान्नु पर्छ भन्ने परम्परावादी सोच हो, समाज रूपान्तरणकारी सोच होइन । तर्क र तथ्यमा आधारित वैज्ञानिक चिन्तन र सामाजिक मुक्तिको ध्येय लिएर अघि बढेका तत्वहरूले तीजको धार्मिक पक्षलाई महत्व दिनु सर्वथा गलत हुन्छ । साँच्चै नै रूपान्तरण चाहनेहरूले तत्काल यसलाई चटक्क छोड्ने वातावरण र परिस्थिति नहुँदा तीजका दिन महिलाहरूले व्रत बस्नुको सट्टा त्यस दिन दर खाने अवसरमा जस्तो भेला भएर अघिल्लो रातको दरको सट्टा खानपान एवम् नाचगान गर्न सक्तछन्, तर तीजको अवैज्ञानिक र धार्मिक जडतालाई रूपान्तरण गर्ने उत्कट अभिलाषा सहित त्यस्तो गर्नु आवश्यक छ । अहिले विभिन्न महिला सङ्गठनहरूले तीजलाई रूपान्तरण गर्ने क्रममा विभिन्न जागरणमूलक गीतहरू गाउने र कार्यक्रम गर्ने गर्ने गरेका छन् । यो काम केही मात्रामा उपयुक्त छ भन्ने मलाई लाग्छ । तर यो पर्याप्त भने पटक्कै छैन । किनभने यस्ता कामहरू प्रायः शहरिया वातावरणमा सीमित हुने गरेका छन् । तर तीजको प्रभाव भने धर्र्म गरेको खण्डमा दुःख, कष्ट तथा अपमानजनक र असहाय स्थितिबाट छुटकारा पाउन सकिन्छ भनेर अन्धविश्वासमा चुर्लुम्म डुबेका ग्रामीण महिलाहरूमा व्यापक छ । त्यहाँ चाहिं यस्तो काम नभए सरह छ । यो कमजोरीतिर हामी सबैको ध्यान जानु आवश्यक छ । सारमा, सांस्कृतिक रूपबाट तिजको विरोध हुनु पर्दछ । अग्रिम मोर्चाका मानिसले यस्तो परम्परा तोड्नु पर्दछ पहिलो काम यो हो । दोस्रो काम तीजलाई रूपान्तरण गर्नु पर्दछ । तेस्रो वैचारिक सङ्घर्ष र छलफललाई तीव्र बनाउनु पर्दछ । ग्रामीण समुदायका निम्ति उपयोगी वैचारिक सामग्रीहरू निर्माण गर्नु पर्दछ । गाउ“ले परिवेशका गीत र नाकटहरू निर्माण गरी प्रदर्शन गर्नु पर्दछ ।

समाज विकासको क्रमलाई जनाउन हामी इभोल्युसन र रेभोल्युसन अर्थात् विकास र क्रान्ति जस्ता शब्दावलीहरू प्रयोग गर्ने गर्दछौं । क्रमिक विकास भन्दा क्रान्ति के कुरामा फरक छ भने यसले मानिसको सचेतन प्रयत्नमा विशेष जोड दिने गर्दछ र सुधारमा भन्दा आमूल परिवर्तनमा जोड दिन्छ । हामीले चाहिं जति प्रयास सचेतन प्रयत्नमा दिन सक्नुपर्ने थियो त्यति दिइरहेका छैनौं । आमूल परिवर्तनमा होइन सुधारमा हाम्रो ध्यान केन्द्रित हुने गर्दै आएको छ । तीजका बारेमा वैज्ञानिक चिन्तन प्रचार प्रसार गर्ने, किन यो गलत छ भनेर तर्क अघि सार्ने र वैचारिक छलफल चलाउने काम एकदमै कम भएको छ । यस कमजोरीलाई सच्याउने काम गम्भीरता साथ गरिनु पर्दछ ।

यस्तो वैचारिक छलफललाई धर्म अति संवेदनशील तत्व भएकाले यसको विरोध गर्नुहुन्न भन्ने खालको चिन्तनले पनि अवरोध पु¥याएको छ । यस्तो खालको चिन्तन आमूल परिवर्तनकारी हौं भन्नेहरूले नै समेत अघि सारेको देख्दा चित्त दुख्नु स्वाभाविक छ । नारी समानताका पक्षपातीहरूले धर्मका विरुद्ध वैचारिक सङ्घर्ष चलाउनु किन एकदमै अनिवार्य छ भने त्यसो नगर्ने हो भने नारीधर्मको नाममा चलाइएका कुरीतिविरुद्ध लड्न असम्भव जस्तै हुन्छ । कसैले तीजको व्र्रत लिन्छ वा लिन्न, कसैले ऋषिपञ्चमीलाई परम्परागत रूपमा मान्छ वा मान्दैन यो व्यक्तिको खुशीको कुरो हो । तर यो ठीक पर्व वा परम्परा होइन, यसलाई मान्नुहुन्न भनेर वैचारिक सङ्घर्ष चलाउनुलाई नै हस्तक्षेप ठान्ने प्रवृत्ति आफैं धर्मसँग नतमस्तक हुन चाहने प्रवृत्ति हो । यस किसिमको प्रवृत्तिका विरुद्ध सङ्घर्ष गरेको खण्डमा मात्र यस सन्दर्भमा केही अघि बढ्न सकिन्छ । कहिलेकाहीं यस खालको सोच आमूल परिवर्तनकारीहरूमै पनि देखा पर्नु अत्यन्त दुखको विषय हो ।

धर्म वा संस्कृति स्वतः निर्माण हुने वा आकाशबाट त्यसै खस्ने तत्व होइनन् । यसका पनि समाजिक, आर्थिक वा राजनैतिक कारणहरू हुन्छन् । तीजको परम्परा जुन समाजिक आर्थिक कारणले बसेको हो त्यही सामाजिक आर्थिक कारणका विरुद्ध सङ्घर्ष गर्दा मात्र यसको वास्तविक विरोध हुनसक्छ र फलदायी पनि । तीजको विरोधको सन्दर्भमा यस तथ्यलाई बिर्सनु गलत हुन्छ । अर्को कुरो धर्म वा संस्कृतिले सुरुमा आर्थिक सामाजिक कारणले, अज्ञानताले जन्म लिएका हुन्छन् तापनि पछि गएर तिनले स्वतन्त्र अस्तित्व समेत ग्रहण गर्दछन् र आधार वा सामाजिक आर्थिक स्थितिलाई समेत प्रभाव पार्दछन् । आर्थिक सामाजिक अवस्था परिवर्तन भएपछि पनि रुढि र अन्धविश्वासका रूपमा तिनले पछिसम्म काम गरिरहेका हुन्छन् । यसका विरुद्ध निरन्तर सांस्कृतिक आन्दोलन चलाइरहनु पर्ने हुन्छ । तीजका सन्दर्भमा पनि यो कुरो लागू हुने गर्दछ । सारमा तीजको विरोध गर्दा यसलाई सामाजिक आर्थिक एवम् सांस्कृतिक आन्दोलनसँग गाँस्न आवश्यक हुन्छ ।

संस्कृति निरन्तर परिवर्तन भैरहने तत्व हो । एक समयमा नेपालमा जस्तै विश्वभरि नै वसन्त उत्सव मनाइने गरिन्थ्यो, तर आज यसको अवशेष विश्वका एकाध ठाउँ बाहेक अन्यत्र फेला पर्दैन । नेपालमा हिजो भ्यालेन्टाइन डे वा नववर्ष (इसाई क्यालेन्डर अनुसार) मनाइँदैनथ्यो । आज केही मानिसहरूले हामीले चाहना नगर्दा नगर्दै पनि यसलाई आफ्नो जीवनको अड्ड बनाइसकेका छन् । यसले पर्व वा चाडहरू निरन्तर जस्ताको तस्तै अस्तित्वमा रहने तत्व एकदमै होइनन् भन्ने प्रमाणित गर्दछ । त्यसैले आजको समाजको सन्दर्भमा जातिगत र लिड्डगत असमानतालाई पुष्टि गर्ने हानिकारक पर्वहरूको उन्मूलनको दिशामा वा तिनको सार्थक रूपान्तरणको लागि पहल गर्नु नै सचेत मानिसहरूको दायित्व बन्नु पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top