भर्खरै
Home / अन्तर्वार्ता / कहिलेकाही राजनीतिमा ‘एन्टी करेन्ट’ पनि जानुपर्ने हुन्छः राम कार्की, नेता एमाओवादी

कहिलेकाही राजनीतिमा ‘एन्टी करेन्ट’ पनि जानुपर्ने हुन्छः राम कार्की, नेता एमाओवादी

० एमाओवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीबाट दिएको राजिनामा दिएका छन् । यसलाई कसरी हेर्नुभएको छ ?

– अहिले हामीले हाम्रो पार्टीले गरेको निर्णयअनुसार उहाँको बारेमा धेरै टिप्पणी गर्ने भन्ने छैन । बेला–बेलामा उहाँले यस्तो कमदहरु चाल्ने गर्नुहुन्छ र उहाँले त्यसलाई धेरै पटक सच्याउनु पनि भएको छ, त्यसो हुनाले अहिले हामीले औपचारिक रुपमा उहाँलाई आफ्नो निर्णयमा पुनःविचार गर्ने भनेका पनि छौं ।
जहाँसम्म उहाँले किन यसो गर्नुभयो होला भन्ने प्रश्न छ माक्सवादमा नेपालले थप विकास के ग¥यो भन्ने विषयमा बाबुरामजी को मान्यता के रहेको छ भने जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनको प्रश्नलाई हामीले बढी प्राथमिकता दियौं, त्यसप्रति बढी हामी चिन्तित बन्यौं, यो चाहीँ नेपालको माक्र्सवादको एउटा विशेषता हो भन्ने गर्नुभएको छ । यहाँ संविधानमा जातीय, क्षेत्रीय, लैङ्गिक प्रश्न र खासगरी मधेस जनजातीको प्रश्नहरु समेटिएन भन्ने उहाँको वैचारिक गुनासो रहने गरेको छ । तिनै मुद्दाहरुलाई लिएर एउटा नयाँ राजनीति गर्न खोज्नु भएको जस्तो देखिन्छ ।

० के यो समय राजिनामाको लागि उपयुक्त समय हो ?
– उहाँले जुनबेला जस्तो निर्णय गर्नुभएको छ, त्यसले पार्टी, देश, जनता र आन्दोलनको हित गर्दैन भन्ने त हाम्रो मान्यता हो । त्यो मूल्यांकन त हामीले गरेका छौं । मलाई व्यक्तिगत रुपमा पनि त्यही लाग्छ । तर, मधेस र थरुहट इलाकामा आन्दोलनहरु उठिरहेका छ, ती आन्दोलनहरुलाई भोलि मुद्दा बनाउनका निम्ति आफ्नो राजनीतिको चुरोमा त्यसलाई राख्नका निम्ति यो उपयुक्त समय हो भन्ने लागेको हुनसक्छ ।
कहिलेकाही राजनीतिमा एन्टी करेन्ट पनि जानुपर्ने हुन्छ । त्यसैले गर्दा उहाँले यो निर्णय सही गरिरहनुभएको थियो । पार्टीले उहाँप्रति गरेको निर्णय पो गलत हो कि ? नयाँ शक्ति, नयाँ विचार र नयाँ आधारमा राजनीतिलाई अगाडि बढाउनका निम्ति उहाँले सही निर्णय गर्नुभएको हो कि भन्ने कुरा हेर्न त केही समय पर्खनुपर्ने हुन्छ । तर, उहाँले जुन प्रकारको विचार राख्ने गर्नुभएको छ, माक्सवादको नयाँ श्रृंखला र नयाँ विकास भनेर जसरी अथ्र्याउन खोज्नुभएको छ, त्यस हिसावले चाही उहाँले यो समयलाई उपयुक्त ठानेको हुनसक्छ ।

० माक्र्सवादको सिर्जनात्मक प्रयोग भन्ने कि त्यो भन्दा पृथक प्रयोग भन्ने ? 
– यसमा त थुप्रै सहमति÷असहमतिहरु हुने गरेका छन् । व्यक्तिगत रुपमा मैले भन्नुपर्दा धेरै पहिला देखि नै जुनबेला किरणजीहरु छुट्टिनुभएको थिएन, त्यतिबेला देखि नै हाम्रो यो राष्ट्रियतासम्बन्धी नीति माक्सवादसम्मत छैन कि भन्ने खालको कुरा उठाउँदै आएको छु । धेरै पटक मैले आफ्ना लेख विचारहरु विभिन्न संचार माध्यमहरुमार्फत पनि दिँदै आएको छु । मेरो विचारमा जबसम्म वर्ग संघर्षको सग्राममुनि जातीय, क्षेत्रीय, लैङ्गिक मुद्दाहरु उठाउँदा त्यो स्वभाविक र संगतिपूर्ण हुन्छ । वर्गसंघर्षलाई चै समाउन नसक्ने स्थितिमा पुगेका पार्टीहरुले जातीय, क्षेत्रीय, लैङ्गिक मुद्दाहरु उठाए भने त्यो स्वतन्त्र र निरपेक्ष बन्न जान्छ । त्यसले मान्छेका परिचयलाई एउटा साझा मानवतातिर नभएर एउटा संकुचनतिर लिएर जान्छ । उदाहरणका लागि एउटा महिलालाई तपाई को हो भन्दा आफूलाई प्राणी पनि स्वीकार नगर्ने, नेपाली पनि स्वीकार नगर्ने, दक्षिण एसियाको भनेर पनि स्वीकार नगर्ने केवल आफ्नो परिचय महिला हो मात्रै भनेर महिला अगाडि बढे भने अथवा एउटा मधेसको मान्छेले आफ्नो अरु सबै परिचयहरु जसले उसलाई साझा मानवतातिर लैजान्छ अतः ती परिचयहरुलाई खारेज गरेर ‘म मधेसी मात्रै हुँ’ भनेर उ उभियो भने त्यसले स्वभाविक रुपमा समाजमा अन्तरविध्वंश निम्त्याउँछ भन्ने मलाई लाग्छ ।

० पुरुष र महिलाको द्वन्द्व भयो भने म महिलाको पक्ष लिन्छु । जनजाति र बाहुनको द्वन्द्वमा म जनजातिको पक्ष लिन्छु । पहाड र मधेसको द्वन्द्व भयो भने मधेसको पक्ष लिन्छु भनेर डा. भट्टराईले भनेको कुरालाई तपाईको उत्तरसँग मिसायो भने तपाई के भन्नुहुन्छ ? 
– निश्चय नै यसमा हाम्रा मतहरु मिल्दैनन् । त्यसरी निरपेक्ष रुपमा यसको पक्ष लिन्छु वा उसको पक्ष लिन्छु भन्न सक्ने अवस्थामा म छैन ।

० त्यस्तो भन्नु कति सार्थकता छ ? अन्य आयामहरु पनि छन् जीवनमा, समाजमा, राजनीतिमा, विभाजित समाजलाई म यसको पक्ष लिन्छु भनेर थप उत्तेजित गराउने ? 
– उहाँले भन्न खोजेको न्याय र अन्यायको लडाइमा म जहिले पनि न्यायको पक्षमा रहन्छु अथवा उत्पीडितहरुको पक्षमा रहन्छु, शोषित÷पिडीतको पक्षमा रहन्छु भन्नु खोज्नु भएको होला । तर, त्यसरी निरपेक्ष रुपमा महिला र पुरुषको विवादमा जहिले पनि महिलाको पक्ष लिन्छु भन्नु त उपयुक्त हुँदैन ।
डा.भट्टराईको वहिर्गमनको एउटा ज्यादै सकारात्मक पक्ष के हुन सक्छ भने आजको तराई–मधेस आन्दोलनलाई कतिपयले भारतीय एजेण्डा मधेसका एजेण्डा हुन भन्ने गरेका छन्, त्यो एउटा प्रश्न भो, यद्यपी त्यहाँको असन्तुष्टी र त्यहाँको जनमत र आज काठमाडौंमा बसेर हेर्दा थर र रङ हेर्न थालिसकिएको छ ।
त्यो मधेसको मुद्दाको नेतृत्व पहाडी मूलबाट गएका मान्छेलाई दिन अहिलेका मधेसी नेताहरु तयार होलान् त ?
नेपालको मुक्ति म गराइदिन्छु, मैले नेतृत्व गर्दिन्छु भनेर अहिले कोही बाहिरको मान्छे आयो भने हामीले स्वीकार गर्छाैं र ? जाने नि नजाने नि हामीले नै नेतृत्व गर्छाै भन्छौं नि हामी । त्यसैले मधेसभित्रको जुन आन्तरिक आयाम छ, त्यहाँ स्वभाविक रुपमा काठमाडौंले मधेसलाई दमन गरेको, शोषण गरेको, दुव्र्यवहार गरेको कुरा त एकदम यथार्थ हो, त्यससँगै मधेसीभित्र पनि आन्तरिक शोषण, उत्पीडन र विभेद चाँही असाध्यै डरलाग्दो रुपमा छ । जस्तो त्यहाँको डुम, चमार, मुसहर आदि इत्यादी जातिको आजको अवस्था हेर्ने हो भने बडो खराव छ । यस्तो बेलामा हाम्रो पार्टीले आफ्नो प्रभाव मधेसमा विस्तार ग¥यो त्यो विस्तारलाई समाप्त पार्ने ढंगले जातीय मुद्दाहरु आएको देख्छौं हामी । र, ती जातीय मुद्दा लिएर जो आए तिनीहरुको वर्ग, दृष्टिकोण, उनीहरुको पृष्ठभूमिलाई ख्यालै नगरिकन हाम्रा नेताहरुले अंगालो मार्ने, स्टेजमा ल्याउने, बराबरीको दर्जा दिने, र जुन राजनीतिक स्वीकृति दिने काम गर्नुभयो’ गडबढी त्यहाँबाट सुरु भएको हो । हामीले हाम्रै राजनीतिक नेतृत्व वैचारिक नेतृत्वलाई मान्ने मधेसी मोर्चालाई बढी प्रोत्साहित गरेर अरु जुन जातीय, मधेसको मुद्दाहरु ल्याउने पार्टीहरुलाई उनीहरुको पृष्ठभूमि, उनीहरुको वर्ग चरित्र आदिको आधारमा स्वीकृती, दोस्ती दूरी कायम गर्न सकेको भए आज मधेसको हालत यस्तो हुने थिएन ।

० डा.भट्टराई पुनः पार्टीमा फर्केर आउने सम्भावना कति देख्नु हुन्छ ? 
– डा.भट्टराई पार्टीमा फर्केर आउने सम्भावना त जहिले पनि रहन्छ । डा.भट्टराईले उठाउनुभएको एउटा जायज कुरा नेपालका जति पनि राजनीतिक पार्टीहरु छन्, तिनीहरुले फेरिएको परिवेश, सामाजिक वर्गका रुपमा आएको परिर्तन, अहिलेका नयाँ पुस्ताको इच्छा, आकांक्षा यी सबै चिजलाई हेर्दाखेरी पुराना पार्टीले पुरानै तरिकाले अब राजनीतिक नेतृत्व गर्न सक्ने अवस्था नेपालमा छैन । त्यसैले यी सबै पार्टीहरुले नयाँ आधारमा नयाँ तरिकामा, नयाँ वैचारिक आधारमा आफूलाई उभ्याउनुपर्ने पुनःसंगठित गर्नुपर्ने, आफ्नो संगठनात्मकदेखि लिएर नेतृत्व गर्ने तौरतरिका यी तमाम कुरामा आमूल परिवर्तन गर्नुपर्ने भएकै छ ।

० तपाई पनि त्यही त्यही चिन्तनको मान्छे हो पहिलेदेखि नै । सहकार्य गर्ने सम्भावना कति छ ? 
– राजनीतिमा असम्भव केही पनि हुँदैन । अस्ति उहाँले राजीनामा दिनुपूर्वसम्म पनि हामी एउटै पार्टीमा थियौं । तर, जसरी एउटा नेता विशेषसँग मान्छेलाई चिनाउन कुनैको दाहिने हात, देब्रे हात अथवा नजिकको नेता भन्ने कुरालाई म त्यति मनपराउँदिन । मैले ‘इसु वेश’ जस्तो कि जुनबेलामा हाम्रो खरिपाटीमा भेला भइरहेको थियो, त्यतिबेला मैले किरणजीलाई समर्थन गरेको थिए, मलाई के लागेको थियो भने बाबुरामजी र प्रचण्डजी मिलेर पार्टीको संस्थागत जीवनलाई उहाँहरुले विध्वंश गर्नुभयो र दुईटा व्यक्तिमा लगेर सबै कुरा संकुचन गर्नुभएको हुनाले पार्टीको संस्थापन जीवन बचाउनको निमित्त किरणजीलाई मैले साथ दिएको थिएँ । तर, पछि मुद्दाहरुको आधारमा किरणजीहरुले राष्ट्रिय युद्ध गर्ने लगायतका कुरा गर्न थालेपछि उहाँहरु भड्किनु भो भनेर मैले किरणजीलाई छोडँे । लामो समयसम्म सँगै काम गरेको आधारमा मलाई के पनि लाग्न थाल्यो भने म उहाँहरुसँग फिट हुन्न । यो दोष पनि हुनसक्छ, तर त्यो टिममा म फिट भइरहेको छैन ।

 नेपाली कम्युनिष्ट आन्दोलनको अबको अवस्था कस्तो देख्नुहुन्छ ? 
– कुनाकानीमा थुप्रिएका सबै चिजहरु सत्तामा आउन थालेकाले नेपालको आगामी दिन राम्रै होला भन्ने लाग्छ । नेपाल आमाले आफूलाई चाहिने खालको नयाँ विचार, सोच र कञ्चन चरित्र भएका नेताहरु पैदा गर्छिन् भन्ने कुरामा म आशावादी छु ।

पुराना पार्टीले पुरानै तरिकाले अब राजनीतिक नेतृत्व गर्न सक्ने अवस्था नेपालमा छैन । त्यसैले यी सबै पार्टीहरुले नयाँ तरिकामा, नयाँ वैचारिक आधारमा आफूलाई उभ्याउनुपर्ने पुनःसंगठित गर्नुपर्ने, आफ्नो संगठनात्मकदेखि लिएर नेतृत्व गर्ने तौरतरिका यी तमाम कुरामा आमूल परिवर्तन गर्नुपर्ने भएकै छ । यस अर्थमा डा.भट्टराईले उठाउनुभएको कुरा जायज छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top