भर्खरै
Home / फोटो फिचर समाचार / लुम्बिनी विविमा पुरातत्व विषय अध्यापन सुरु

लुम्बिनी विविमा पुरातत्व विषय अध्यापन सुरु

काठमाडौँ, २१ मंसिर । लुम्बिनी बौद्ध विश्वविद्यालयले पुरातत्व (आर्कियोलोजी) विषयमा एकवर्षे स्नातक तथा सङ्ग्रहालय विज्ञानमा (म्युजियोलोजी) स्नातकोत्तरको अध्ययन÷अध्यापन हालै सुरु गरेको छ ।

कुनै पनि विषयमा स्नातक पूरा गरेकाले आर्कीयोलोजीमा एक वर्षका लागि अध्ययन गर्न पाउने व्यवस्था गरिएको छ । त्यसलाई ‘पोस्ट ग्राजुएसन डिप्लोमा एक वर्षे’ भनिएको छ । पाठ्यक्रमका लागि ५०० पूर्णाङ्कको विषयवस्तु बनाइएको छ ।

विश्वविद्यालयका डिन भद्ररत्न बज्राचार्यका अनुसार जुनसुकै विषयमा स्नातक पूरा गरेका विद्यार्थीले सङ्ग्रहालय विज्ञानमा स्नातकोत्तरको अध्ययन गर्न सक्नेछन् ।

सो विषयका अध्ययन गर्न दुई वर्षको समयावधि लाग्नेछ भने पाठ्यक्रमका लागि २००० पूर्णाङ्कको विषयवस्तु अध्ययन पूरा गर्नुपर्छ ।

मुलुकमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यअनुसार ती नयाँ विषयको पठनपाठन थालिएको डिन बज्राचार्यले बताए।

केन्द्रीय क्याम्पस लुम्बिनीमा भएको विश्वविद्यालयले काठमाडौँ उपत्यकाका केही बौद्ध विहार तथा बौद्ध अध्ययन केन्द्रलाई बौद्ध दर्शनमा स्नातकोत्तरको अध्ययनका लागि अनुमति प्रदान गरेको छ ।

विश्वविद्यालय स्थापना भएको करिब एक दशक भएपनि सोही विश्वविद्यालयले बौद्ध दर्शनमा केन्द्रीय क्याम्पसमा पठनपाठन सुरु गरेको तीनवर्ष मात्र भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top