भर्खरै
Home / खेल / एपीएफले लनटेनिस, ब्याडमिन्टन र भलीबल प्रतियोगिता आयोजना गर्ने

एपीएफले लनटेनिस, ब्याडमिन्टन र भलीबल प्रतियोगिता आयोजना गर्ने

काठमाडौं,११ माघ । सशस्त्रष प्रहरी बलको एपीएफ क्लबले तेह्रौ कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन, नवौं सहवीर स्मृति खुल्ला लन टेनिस र सशस्त्र प्रहरी महानिरीक्षक चौथौ खुल्ला महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एपीएफले माघ १३ गतेदेखि १८ गतेसम्म खुल्ला लनटेनिस प्रतियोगिता आयोजना गर्नेछ । लन टेनिसका प्रतिस्पर्धाहरु एपीएफ क्लबको लन टेनिस कोर्ट र सातदोबाटोस्थित लन टेनिस कोर्टमा आयोजना हुने सशस्त्रए प्रहरी बल केन्द्रीय खेलकुद समितका अध्यक्ष सशस्त्रो प्रहरी अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले जानकारी दिए ।

पूरुष र महिला एकलसहित लनटेनिसतर्फ विभिन्न १० इभेन्टसमा प्रतिस्पर्धा हुने उनले जानकारी गराए । प्रत्येक इभेन्टसका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले पनि नगद पुरस्कार पाउनेछन् । पूरुष एकल र महिला एकलतर्फका विजेता खेलाडीले क्रमश स् ६०\६० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।

तेह्रौ राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता माघ १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने जानकारी पनि सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा दिइयो । ब्याडमिन्टनतर्फ पूरुष र महिलाका विजेता खेलाडीले क्रमशस् ६०\६० हजार रुयैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा १० इभेन्टस्मा प्रतिस्पर्धा हुने । सबै इभेन्टसका विजेता, उपविजेता र तेस्रो स्थान हासिल गर्ने खेलाडीले नगद पुरस्कार पाउनेछन् ।

चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता माघ १६ गतेदेखि ३० गतेसम्म हुनेछ । यस प्रतियोगितामा प्रथम हुने टोलीले नगद २ लाख ५० हजार रुपैयाँ जित्नेछ । त्यस्तै दोस्रो हुनेले नगद १ लाख २५ हजार रुपैयाँ तथा तेस्रो हुनेले ५० हजार रुपैयाँ नगद पुरस्कार जित्नेछ । प्रतियोगितामा उत्कृष्ट स्पाईकर,उत्कृष्ट सर्भर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर,उत्कृष्ट प्रशिक्षक र सर्वोत्कृष्ट खेलाडीका लागि नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top