भर्खरै
Home / खेल / बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश

बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश

काठमाडौं, १४ माघ । स्पेनिस क्लब बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई ५–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको १७ औं मिनेटमा डेनिस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

डेनिस स्वारेजले नै ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । ५५ औं मिनेटमा बार्सिलोनाले पाएको पेनाल्टीमार्फत मेस्सीले गोल गरे । यसैगरी बार्सिलोनाका लागि लुइस स्वारेज र तुरानले पनि एक एक गोल गरेका थिए । रियल सोसिडाडका लागि युनमी र डा सिल्भाले एक एक गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top