भर्खरै
Home / बिजनेस / १० लाख भन्दा बढीको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने

१० लाख भन्दा बढीको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने

काठमाण्डौं, २३ माघ । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगद कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् ।

‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यसबारेमा राष्ट्र बैंकले परिपत्र जारी गर्दै,’ डेपुटी गभर्नर चिन्मणाी शिवाकोटीले भने । उनले नगद कारोबारभन्दा प्रणालीको प्रयोग गरेर गरिएको कारोबार बढी सुरक्षित हुने र भारतमा जस्तै नोटबन्दी गर्नुपर्ने अवस्था आएमा पनि समसया नहुने भएकोले साथमा पैसा राख्ने बानी हटाउन पनि सर्वसाधारणलाई आग्रह गरे ।

यसअघि ५० लाखभन्दा बढी रुपैयाँको कारोबार गर्दा मात्रै चेक मार्फत् हुनै पर्ने व्यवस्था रहेकोमा यो सीमा घटाएर ३० लाखमा झारिएको थियो । तर, केही दिनभित्र नै १० लाखभन्दा बढिको कारोबार गर्दा अनिवार्य चेक मार्फत् हुनुपर्ने व्यवस्था लागु हुने भएको हो ।

नगद कारोबार गर्ने सीमा घट्दा बैंकिङ प्रणालीमा पनि पुँजी भित्रिने अपेक्षा राष्ट्र बैंकको रहेको छ । अहिले पनि बैंकिङ प्रणाली बाहिर सर्वसाधारण, सहकारी लगायतको साथमा रहेको रकम ३ खर्बभन्दा धेरै छ । यता, बैंकिङ प्रणालीमा भने पुँजी नबढ्दा बैंकहरुले कर्जा लगानी योग्य रकमको अभाव झेल्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top