भर्खरै
Home / भर्खरै / नाइजेरियामा एक लाख २० हजार व्यक्ति अनिकालबाट पीडित

नाइजेरियामा एक लाख २० हजार व्यक्ति अनिकालबाट पीडित

जोहानसबर्ग, २८ माघ । संयुक्त राष्ट्रसङ्घले हालै जारी गरेको एक प्रतिवेदनअनुसार नाइजेरियामा करिब एक लाख २० हजार व्यक्ति अनिकालको करण अति आपत्तको स्थितिमा रहेका छन् ।

बोको हराम आतङ्ककारी समूहले ल्याएको यस परिस्थितिको कारण यस्तो भएको सो प्रतिवेदनमा जनाइएको छ । खाद्य र कृषि सङ्गठनले गरेको अनुमानअनुसार उत्तरपूर्वी नाइजेरियामा आएको यो एक ठूलो मानवीय सङ्कट हो । बोको हराम आतङ्ककारी समूहको जन्मस्थान बोर्नो राज्यमा विशेषगरी यो समस्या आइपरेको बताइएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार यस राज्यमा पाँच हजारभन्दा बढी बालबालिकाको यस समस्याका कारण मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top