भर्खरै
Home / भर्खरै / आज मायाप्रेम साटासाट गर्दै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाईंदै

आज मायाप्रेम साटासाट गर्दै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाईंदै

काठमाडौं, ३ फागुन । आज फेब्रुअरी १४, प्रेमरप्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । मायाप्रेम साटासाट गर्दै विश्वभर भ्यालेन्टाइन डे को रुपमा मनाईंदैछ । यस अवसरमा खासगरि फुल तथा अन्य उपहारहरु साटासाट गर्ने चलन धेरै छ ।

नेपालमा पनि युवाहरुले आफ्ना प्रेमीप्रेमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्दछन् भने विवाहित दम्पत्तिले पनि यो दिन उपहार दिने तथा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । आज विभिन्न पार्क तथा सार्वजनिक स्थलहरुमा युवायुवतीको भीड लाग्ने गरेको छ ।

विभिन्न ठाउँमा सांगीतिक मनोरञ्जनहरु पनि हुने गरेका छन् । ईसापूर्व करिब ३ सय ५० तिर इटालीका तत्कालीन शासक क्लाउडियसको तानाशाही प्रवृत्तिको विरोधमा उत्रिएका सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top