भर्खरै
Home / भर्खरै / पाकिस्तानको पक्षमा केपी ओली

पाकिस्तानको पक्षमा केपी ओली

काठमाण्डौं, ६ फागुन । एमाले अध्यक्ष केपी ओलीले भारतले पाकिस्तानविरुद्ध धेराबन्दी गरेकामा नेपाल त्यसको विपक्षमा उभिनुपर्ने बताएका छन् ।

पार्टीको जारी पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारत पाकिस्तानलाई घेराबन्दी गर्न अग्रसर भएको र त्यसको विरोध गर्नुपर्ने उल्लेख छ । ओलीले भारतले सार्कलाई प्रभावकारी बनाउने कुरालाई महत्व नदिएर विमस्टेक तथा बीबीआइएन जस्ता उप–क्षेत्रीय संगठनहरुलाई प्रभावकारी बनाएर आफ्नो स्वार्थमा उपयोग गर्न खोजेको आरोप लगाएका छन ।

‘भारतको रुची सार्कलाई प्रभावकारी बनाउनुको साटो विमस्टेक तथा बीबीआइएन जस्ता उपक्षेत्रीय संगठनहरुलाई प्रोत्साहन गर्नेमा देखिएको छ’, ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यसभित्र पाकिस्तानलाई सबैतिरबाट अलग गर्ने भारतीय उदेश्य रहेको महसुस गर्न सकिन्छ ।’

उनले सार्क, बिमस्टेकजस्ता मञ्चहरुलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्ने दिशामा नेपालले प्रयास गर्नुपर्नेमा उनको जोड छ । ओलीले नेपाले कुनै शक्ति राष्ट्रको सहयोगी बन्न नसक्ने स्पष्ट गर्दै स्वतन्त्र विदेशनीति अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

ओलीले दस्तावेजमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत विरोध गरेका छन् । ट्रम्प नीतिको अमेरिकासहित युरोप र सबैतिर विरोध हुने थालेको विश्लेषण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top