भर्खरै
Home / देश / पेट्रोल पम्पमा बम भेटियो, नेपाली सेनाद्धारा निष्क्रिय

पेट्रोल पम्पमा बम भेटियो, नेपाली सेनाद्धारा निष्क्रिय

रौतहट,१५ फागुन । नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९:३० बजे निष्क्रिय गरेको छ ।

सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताए ।

बम किन कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ । बजारको पेट्रोल पम्पमा बम राखिएको खबरले स्थानीय व्यापारी त्रसित भएको स्थानीयवासी राजन जैसवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top