भर्खरै
Home / भर्खरै / हाईलाईट्सको लापरवाहीका कारण ‘लुट २’ अष्ट्रेलियाको प्रदर्शन सफल हुन सकेन

हाईलाईट्सको लापरवाहीका कारण ‘लुट २’ अष्ट्रेलियाको प्रदर्शन सफल हुन सकेन

अष्ट्रेलिया । सिड्नीबासी नेपाली दर्शकको पनि चलचित्र ‘लुट २’ स्वदेश प्रदर्शनकै दिन हेर्ने इच्छा थियो । तर नेपालबाट चलचित्र पठाउने जिम्मा लिएको हाईलाईट्स म्युजिकका कारण सो पुरा हुन सकेन ।

चलचित्रको फाईलमा खराबी भएपछि शो नै स्थगित हुन पुग्यो । प्रदर्शनकै दिनबाट नेपालमा आक्रमक ब्यवसाय गरेको चलचित्रको सिड्नीमा पनि टिकट हाउफुल बिक्रि भएको थियो ।

हाईलाईट्सको लापरवाहीका कारण ‘लुट २’ अष्ट्रेलियाको प्रदर्शन सफल हुन नसकेको आयोजक रोशन भट्टराईले बताए । ‘हामीले पहिले नै चलचित्र मागेका थियौ तर अन्तिम समयमा मात्र चलचित्र उपलब्ध गरायो’ रोशनले भने ‘ हतार हतारमा चलचित्र पठायो , त्यो पनि खराब फाईल ।’ लाखौ तिरेर चलचित्र लिन पनि सिधै निर्माताको हातबाट किन्न नपाएर माध्यम मार्फत किन्नु पर्दा अब्ठ्यारो परेको उनको गुनासो छ ।

चलचित्र हेर्न हलमा पुगेका दर्शकहरु निराश भएर फर्कदा आयोजकले लज्जित महशुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top