भर्खरै
Home / भर्खरै / हाँस्य कलाकार विल्सन बिक्रम राईद्धारा अभिनित बलिउड चलचित्रको नाम सार्बजनिक

हाँस्य कलाकार विल्सन बिक्रम राईद्धारा अभिनित बलिउड चलचित्रको नाम सार्बजनिक

काठमाडौ । हाँस्य कलाकार विल्सन बिक्रम राईको अभिनय रहेको बलिउड चलचित्रको नाम बाहिरिएको छ । अभिनेत्री आयशा टाकियाले केही पहिले सेल्फी मार्फत विल्सनको लुक सार्वजनिक गरे पनि चलचित्रको नाम भने गोप्य राखेकी थिइन् ।

अहिले बलिउड मिडियाले चलचित्रको नाम ‘बोरीवाली का ब्रुसली’ भनेर सार्वजनिक गरेका छन् । १५ सिनका लागि अनुबन्धित अभिनेता विल्सन चलचित्र सकाएर केही पहिले स्वदेश फर्किएका थिए । तर चलचित्रको नाम भने उनले गोप्य राख्दै आएका थिए ।

चलचित्रमा विल्सनको बलिउड अभिनेत्री आयशासँग पनि अभिनय रहेको छ । आयसाले वान्टेट र जान्हवीमा बलिउड स्टार अभिनेता सलमान खानसँग स्क्रिन शेयर गरेकी छन् । चलचित्रमा विल्सन चाइनीज बाबा बनेका छन् । उनले चलचित्रमा कराते र कम्फो पनि प्रदर्शन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top