भर्खरै
Home / देश / बनमा गएका बेला गैँडाको आक्रमणबाट एकजना घाइते

बनमा गएका बेला गैँडाको आक्रमणबाट एकजना घाइते

चितवन,१५ फागुन । शनिबार साँझ पूर्वी चितवनको कुमरोजमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन् । खैरहनी–१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा स्थानीयवासी ५३ वर्षीय कुमारबहादुर तामाङलाई गैँडाले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।

जङ्गलमा रुखबाट झरेको पात दाउरा टिप्ने क्रममा एक्कासि जङ्गली गैँडाले आक्रमण गर्दा घाइते भएको र अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top