भर्खरै
Home / देश / पत्रकारिता क्षेत्रको विकासका लागि सांसदद्धारा पत्रकार महासङ्घलाई सहयोग

पत्रकारिता क्षेत्रको विकासका लागि सांसदद्धारा पत्रकार महासङ्घलाई सहयोग

भद्रपुर,१६ फागुन । सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासङ्घ झापा शाखालाई ४३ हजार सहयोग प्रदान गरेकी छन् ।

सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आइतबार सो रकम बिर्तामोडमा महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गरे ।

झापाबाट समानुपातिकतर्फकी सांसद प्रसाईंले पत्रकारिता क्षेत्रको विकासका लागि उक्त रकम प्रदान गरेको महासङ्घ झापाका सचिव एकराज गिरीले जानकारी दिए । उनले सांसद विकास कोषअन्तर्गत उक्त रकम सहयोग गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top