भर्खरै
Home / भर्खरै / नाचगान गर्दै घरदैलो अभियानमा एमाले

नाचगान गर्दै घरदैलो अभियानमा एमाले

दाङ, २२ फागुन । एमालेले झापाबाट मेची महाकाली अभियान सुरु गरेसँगै दाङका एमाले कार्यकर्ताले घरदैलो अभियान थालेका छन् ।

नेकपा एमाले तुलसीपुर ११ नम्बर वडा कमिटीले आइतबार नाँचगान सहित घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । एमाले पूर्व वडाकमीटीका अध्यक्ष महेन्द्र भण्डारीका अनुसार ८८ बर्षे जेष्ठ नागरिक निमबहादुर बस्नेतलाई एमाले जिल्ला सदस्य कृष्णप्रसाद भुसालले अपिल र निमन्त्रणा कार्ड दिएर अभियानको सुभारम्भ गरिएको हो ।

अभियान टोलीले एकता, मितेरी सृजना , दिपज्योति, चाहाना, जागरण, सृजना, मायाँलु लगाएतका टोलका झण्डै चार सय घरमा नाँचगान गर्दै घरघरमा पुगेर फागुन ३० गते लमहिमा हुने वृहत जनसभाका लागी निमन्त्रणा कार्ड वितरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top