भर्खरै
Home / भर्खरै / भरतपुर महानगरपालिकामा एमालेको अग्रता

भरतपुर महानगरपालिकामा एमालेको अग्रता

चितवन, २ जेठ । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवाली अगाडि रहेका छन् । हालसम्म गरिएको एक हजार चार सय मत गणनामा ज्ञवाली ६८५ मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले ५२८ मत प्राप्त गरेकी छिन् । यस्तै राप्रपाका बद्री तिमिल्सिनाले ३७ मत प्राप्त गरेका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती शाहले ६०४, नेकपा (एमाले)की दिव्य शर्मा आचार्यले ५९९ र राप्रपाकी रिना गुरुङले ४७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं १ बाट मतगणना सुरु गरिएको हो । सो वडामा अध्यक्षमा एमालेका उम्मेदवार अगाडि छन् । सोमबार अपराह्न ४ः३० बजेदेखि निरन्तर मतगणना गरिए पनि हालसम्म एक हजार ४०० मत मात्र गणना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top