भर्खरै
Home / भर्खरै / रत्ननगरः तीन वडामा एमाले विजयी

रत्ननगरः तीन वडामा एमाले विजयी

चितवन, २ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिकाको वडा नं ४ र ५ तथा खैरहनी नगरपालिकाको वडा नं १ मा नेकपा (एमाले )को समूह नै विजयी भएको छ ।

खैरहनी– १ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतका विजयी भएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

यस्तै राप्ती नगरपालिका वडा नं ४ का वडाध्यक्षमा शमशेर लामा एक हजार १६५ र वडा नं ५ मा मेनुका पाठक ६८६ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना हुँदै
रत्ननगरको वडा नं १ र १६ को मतगणनामा काँग्रेसले प्रमुखमा ९१६ र उपप्रमुखमा ८९२ मत प्राप्त गरेको छ । एमालेले प्रमुखमा ९३९ र उपप्रमुखमा ८९४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै नेकपा (माओवादी केन्द्र)ले प्रमुखमा २९८ र उपप्रमुखमा ३१३ मत ल्याएको छ ।

उता पूर्वी चितवनको राप्ती र खैरहनी नगरपालिकामा भने एमालेको अग्रता कायमै छ । पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामानुसार खैरहनी प्रमुखमा एमालेले ६८८, माओवादी केन्द्रले ६८४ र काँग्रेसले ५७५ ल्याएका छन् ।
एमालेले उपप्रमुखमा ९१४ काँग्रेसले ६३६ तथा माओवादी केन्द्रले ४१३ मत ल्याएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए ।

अब वडा नं २ को मतगणना सुरु भएको छ । उता मकवानपुरको सिमाना जोडिएको राप्ती नगरपालिकामा बिहान ११:३० बजेसम्मको मतपरिणामानुसार एमालेले प्रमुखमा एक हजार ९४७ र उपप्रमुखमा एक हजार ९५६ , काँग्रेसले प्रमुखमा एक हजार १७५ र उपप्रमुखमा एक हजार ४२ तथा माओवादी केन्द्रले प्रमुखमा २८६ र उपप्रमुखमा २६१ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Scroll To Top