भर्खरै
Home / देश

Category Archives: देश

Feed Subscription

देश

गाउँमा आयोडिनयुक्त नुन नपुग्दा स्थानीयवासी ढिके नुनमा निर्भर

जाजरकोट, २२ फागुन । जाजरकोटको उत्तर पूर्व क्षेत्रमा स्थानीय बासिन्दा गुणस्तरहीन नुन खान बाध्य छन् । सरकारी सहुलियतको आयोडिनयुक्त नुन गाउँमै नपुग्दा यहाँका स्थानीयवासी ढिके नुनमा निर्भर हुनुपर्ने बाध्यता छ । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सरकारले सहुलियत मूल्यमा उपलब्ध गराउँदै आएको आयोडिनयुक्त नुन दुर्गम बस्तीमा नपाइने भएकाले ढिके नुन स्थानीयवासीले प्रयोग गर्न बाध्य भएको बताउँछन् । जिल्लाका नायकवाडा, रामीडाडा, रोकायगाउँ, सक्ला, ... Read More »

पत्रकारिता क्षेत्रको विकासका लागि सांसदद्धारा पत्रकार महासङ्घलाई सहयोग

भद्रपुर,१६ फागुन । सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासङ्घ झापा शाखालाई ४३ हजार सहयोग प्रदान गरेकी छन् । सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आइतबार सो रकम बिर्तामोडमा महासङ्घ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गरे । झापाबाट समानुपातिकतर्फकी सांसद प्रसाईंले पत्रकारिता क्षेत्रको विकासका लागि उक्त रकम प्रदान गरेको महासङ्घ झापाका सचिव एकराज गिरीले जानकारी दिए । उनले सांसद विकास कोषअन्तर्गत ... Read More »

नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच झडप

लमजुङ,१६ फागुन । सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसका विद्यार्थीबीच आज बिहान झडप भएको छ । क्याम्पसमा अध्ययनरत नेविसङ्घ र अखिल समर्थित विद्यार्थीबीच आसन्न स्ववियु निर्वाचनका क्रममा झडप भएको हो । झडपमा प्रहरीसहित चार जना नेविसङ्घ समर्थित विद्यार्थी घाइते भएका छन् । झडप नियन्त्रण गर्ने क्रममा सुन्दरबजार इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक होमनाथ अधिकारी पनि ... Read More »

तिवारी हत्याका मुख्य योजनाकार मनोज रहेको जिकिर, घटनामा संलग्न सात सार्वजनिक

रुपन्देही, १५ फागुन । युवा सघं रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्नमध्ये केहीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज सार्वजनिक गरेको छ । जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा संगठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुन नै भएको उल्लेख गरेको छ । साथै ... Read More »

बनमा गएका बेला गैँडाको आक्रमणबाट एकजना घाइते

चितवन,१५ फागुन । शनिबार साँझ पूर्वी चितवनको कुमरोजमा गैँडाको आक्रमणबाट एकजना घाइते भएका छन् । खैरहनी–१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा स्थानीयवासी ५३ वर्षीय कुमारबहादुर तामाङलाई गैँडाले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ । जङ्गलमा रुखबाट झरेको पात दाउरा टिप्ने क्रममा एक्कासि जङ्गली गैँडाले आक्रमण गर्दा घाइते भएको र अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दीपक ... Read More »

स्ववियु निर्वाचनमा विद्यार्थीद्धारा सातबुँदे प्रतिबद्धता व्यक्त

झापा, १५ फागुन । स्ववियुको यही फागुन १८ गते हुने निर्वाचनलाई द्धन्द्धरहित ढङ्गले सम्पन्न गर्न विद्यार्थी सङ्गठनका नेताहरुले सातबुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा भएको छलफलमा विद्यार्थी सङ्गठनका नेताहरुले स्ववियु निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचनमा आचारसंहिता पूर्ण पालना गर्ने-गराउने तथा निर्वाचनका सन्दर्भमा गरिने प्रचारप्रसार तडकभडकरहित, कम ... Read More »

पेट्रोल पम्पमा बम भेटियो, नेपाली सेनाद्धारा निष्क्रिय

रौतहट,१५ फागुन । नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९:३० बजे निष्क्रिय गरेको छ । सरमुज्वा गाविस– ८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक ... Read More »

कुुनै पनि हालतमा निर्वाचन नरोकिने र तोकिएकै मितिमा निर्वाचन हुुने :मन्त्री गुरुङ

काठमाण्डौं, १४ फागुन । श्रममन्त्री सूर्यमान गुुरुङले संविधान संशोधन र स्थानीय निकाय निर्वाचनको प्रक्रियासँगै अघि बढेकाले मुलुकमा देखिएको समस्याको निकास चाँडै निस्कने बताएका छन् । विराटनगर विमानस्थलमा संञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्थानीय निकायको निर्वाचनमा सहभागी हुुने विषयमा मधेसीवादी दलसँग भइरहेको वार्ता सकारात्मक रहेको छ भने । मन्त्री गुुरुङले भने, “निर्वाचनमा सबैको उत्साहजनक सहभागिता हुन्छ, मधेसी मोर्चालाई सहमतिमा ल्याएर निर्धारित मितिमा ... Read More »

बागमती सफाइ महाअभियानको आज १९८ औँ हप्ता

काठमाडौँ, १४ फागुन । उपत्यकाका प्रमुख नदी सफाइ गरी २६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९८ औँ हप्तामा आज कोटेश्वर महादेव मन्दिरक्षेत्रको नदीमा सफाइ गरी १४ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले बताए । सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, ... Read More »

राँगाको आक्रमणबाट महिलाको मृत्यु

लहान, १४ फागुन । राँगाको आक्रमणबाट गएराति सिरहाको औरही पिप्रा गाविसमा एक महिलाको मृत्यु भएको छ । छाडा छाडिएको राँगाको आक्रमणबाट औरही पिप्रा गाविस–१ निवासी ६५ वर्षीया मुसर्नी देवी साहको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा बसिरहेको अवस्थामा राँगाको आक्रमणबाट गम्भीर घाइते भएकी साहलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ... Read More »

Scroll To Top