भर्खरै
Home / बिजनेस

Category Archives: बिजनेस

Feed Subscription

बिजनेस

शाखारहित बैंकिङ सेवा सुरु

धनगढी, २४ माघ । जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवा शनिबारबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके एड सक्षम एक्सिस टू फाइनान्सका प्रशन्न ... Read More »

१० लाख भन्दा बढीको कारोबार गर्दा चेकको प्रयोग गर्नुपर्ने

काठमाण्डौं, २३ माघ । १० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार गर्दा अब चेकको प्रयोग गर्नुपर्ने भएको छ । शनिवार आयोजित एक कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले अब नगद कारोबारको सीमा घटाउँन लागेको जानकारी दिएका हुन् । ‘अब १० लाखभन्दा बढीको कारोबार नगदबाट गर्न पाइने छैन्, केही दिनमा नै यसबारेमा राष्ट्र बैंकले परिपत्र जारी गर्दै,’ डेपुटी गभर्नर चिन्मणाी शिवाकोटीले भने । ... Read More »

सुविसु क्यान इन्फोटेक’ मेलाको दुई लाख बढीले अवलोकन

काठमाडौँ, १७ माघ । भृकुटीमण्डपमा जारी ‘सुविसु क्यान इन्फोटेक’ मेलाको चौथो दिनसम्म दुई लाख सात हजार बढीले अवलोकन गरेका छन् । प्रदर्शनीको पहिलो दिन ३४ हजार १५४, दोस्रो दिन ३६ हजार ११८ र चौथो दिन आज ६७ हजार २०८ जनाले अवलोकन गरेका थिए । प्रदर्शनीमा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको र बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति चासो बढेको आयोजक क्यान ... Read More »

अप्परमाई विद्युत् आयोजना अन्तिम चरणमा

इलाम, १६ माघ । मावु गाविसमा निर्माण भएको अप्परमाई हाइड्रोपावर कम्पनीको क्यासकेड आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । दुई महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ ६.१ मेगावाट क्षमताको उक्त क्यासकेड द्रुत गतिमा निर्माण भइरहेको पञ्चकन्या हाइड्रोपावर कम्पनीले जनाएको छ । ९० करोडको लागतमा निर्माण सुरु गरिएको क्यासकेड आयोजनाको मुख्य काम पूरा भइसकेको पञ्चकन्या हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक सन्तोष ... Read More »

ऋण खोजेर जलविद्युत सेयरमा लगानी

काठमाण्डौं,१६ माघ । पञ्चनका राजन राईले सोलुखोला दूधकोसी जलविद्युत् आयोजनाका लागि २०० कित्ता सेयर किन्न रु २० हजार सल्लेरीस्थित एनएमबी बैंकमा बुझाए । शुक्रबार बैंकमा रकम जम्मा गर्दै गरेका राईले आफूसँग रकम नभएकाले ऋण काढेर सेयरमा लगानी गरेको बताए । सेयरका लागि रकम बुझाउन बैंकको लाइनमा भेटिएकी सल्यानकी सरिता प्रधानले पनि ऋण काढेरै भए पनि सेयरमा लगानी गर्न आएको बताइन्। ... Read More »

‘पेइङ’ सेवाबाट छ महिनामा छ करोडको आम्दानी

काठमाडौं, १३ माघ । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले चालु आर्थिक वर्षको छ महिनामा ‘पेइङ सेवा’बाट रु छ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष अस्पतालले १२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको अस्पतालका कार्यकारी निर्देशक ज्योतिन्द्र शर्माले जानकारी दिए । यो रकम यो वर्ष अझै बढ्न सक्ने उनको भनाइ छ । अस्पतालमा आएमा बिरामी हेर्ने नियमित समयभन्दा अघिपछिको समयमा पनि ... Read More »

पाल्पाको काउँलेडाँडा पर्यटकको गन्तव्य स्थल बन्दै

पाल्पा, ११ माघ । झट्ट हेर्दा इलामकोे झल्को दिने पाल्पाको काउलेडाँडा वन पर्यटकको गन्तव्यस्थलका रुपमा विकास हुँदै गएको छ । वनमाराले भरिभराउ झिरुबास गाविसको काउलेडाँडा वनमा लगाइएको अम्रिसो खेतीले पर्यटकलाई लोभ्याएको छ । काउलेडाँडा वनलाई कबुलियती वनमा दर्ता गरेर यहाँ अम्रिसो खेती सुरु गरिएको हो । छ वर्ष अगाडि वनमाराले भरिभराउ काउलेडाँडा वन हिजोआज अम्रिसोले गर्दा इलामको चियाबगानको झल्को मेटाएको ... Read More »

व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीद्धारा अन्डाको मूल्य निर्धारण

चितवन, ६ माघ । व्यवसायमा एकरुपता ल्याउन कुखुरा व्यवसायीले अन्डाको मूल्य निर्धारण गरेका छन् । नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हुन् । जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको पहिलो हप्तादेखि नै लागू हुने गरी घटाइएको सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिए । ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य ३४५ ... Read More »

सिन्धुलीका भूकम्पपीडितलाई आवास निर्माणका लागि दोस्रो किस्ता वितरण

सिन्धुली, ६ माघ । सिन्धुलीका ७३ जना भूकम्पपीडितलाई निजी आवास निर्माणका लागि दोस्रो किस्ता वितरण गरिएको छ । पहिलो किस्ता लिएर पहिलो चरणको निर्माण सम्पन्न गरेका भूकम्पपीडितलाई दोस्रो किस्ता दिइएको हो । दोस्रो किस्ताको कार्यविधि संशोधनमा ढिलाइ हुँदा ढिला गरी शीतलपाटी गाउँ विकास समितिका भूकम्पपीडितले दोस्रो किस्ता पाएको गाविसका सचिव कल्याण घिसिङले जानकारी दिए । जिल्ला दैवी प्रकोप उद्धार समितिका ... Read More »

सम्भाव्यता अध्ययन प्रतिवेदन खासै उत्कृष्ट नरहेको ठहर

काठमाडौँ, ५ माघ । लगानी बोर्डले रासायनिक मल उद्योग काराखाना स्थापना सम्भाव्यता अध्ययन प्रतिवेदन खासै उत्कृष्ट नरहेको प्रारम्भिक चरणमा ठहर गरको छ । भारतको डेभलपमेन्ट कर्पोरेशन (कर्नाटक) लिमिटेडले ढल्केवरमा सो कारखाना स्थापना गर्न विस्तृत अध्ययन गरी बोर्डसमक्ष हालै प्रतिवेदन बुझाएको थियो । प्रस्तुत प्रतिवेदनमा प्रतिवर्ष सात लाख मेट्रिक टन मल उत्पादन गर्न सक्ने गरी सो क्षेत्रमा एक सय ६२ हेक्टर ... Read More »

Scroll To Top