भर्खरै
Home / विश्व

Category Archives: विश्व

Feed Subscription

विश्व

आगलागीबाट सातजनाको मृत्यु,थुप्रै घाइते

भियतनाम,१५ फागुन । दक्षिणी भियतनामको बिन दोङ्ग प्रान्तमा अवस्थित थु दाउ नगरको एक आवासीय भवनमा आज मध्यरातपछि आगलागी हुँदा सो घरमा बसोबास गर्दै आएका चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा घरधनीकै परिवारका पति, पत्नी र उनीहरुका दुई जना बालबालिका परेका नगर प्रहरीले जनाएको छ । भवनलाई आगोको लप्काले पक्रिएको थाहा पाउनासाथ स्थानीय छरछिमेकका मानिसहरु दौडादौड गर्दै हारगुहार गर्न ... Read More »

आत्मघाती बम हमलामा परी सिरियामा तीस जनाको मृत्यु

दमासकस, १४ फागुन । सिरियाको उत्तरी सहर अल बाबनजिकै भएको एक आत्मघाती बम हमलामा परी शुक्रबार कम्तीमा ३० जनाको मृत्यु भएको छ । इस्लामिक स्टेट (आइएस) आतङ्ककारी समुहले गरेको यस आक्रमणमा सिरियाली विद्रोहीको आखाडा लक्षित रहेको जनाइएको छ । यस आक्रमणमा परी मृत्यु हुनेमध्ये अधिकांश हमलाकारी नै रहेका एक अनुगमनकर्ताले जानकारी दिएका छन् । विस्फोटक पदार्थलाई हमलाकारीले सवारी साधनको तल्लो ... Read More »

ट्रम्पले आप्रवासी प्रतिबन्धको निर्णय अर्को हप्ता फिर्ता लिने !

एजेन्सी । सात मुश्लिम देशमाथि लगाइएको आप्रवासी प्रतिबन्धको आदेश दिएर लगातार आलोचनाको घेरामा परिरहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब यो निर्णयबाट पछि हटिरहेको देख्न सकिन्छ । डोनल्ड ट्रम्पको प्रशासनले अदालतमा आफ्नो जवाफ दिँदै आप्रवासी प्रतिबन्ध चाँडै नै फिर्ता लिइने भएकाले यस विषयमा कुनै पनि समिक्षा प्यानलको आवश्यकता नभएको बताएको छ । ह्वाइट हाउसले यस विषयमा नयाँ आदेश अर्को हप्ता जारी ... Read More »

कृषि अनुसन्धान स्थलमा ग्यास विस्फोटहुदां पाँचको मृत्यु

इरान, २८ माघ । इरानको दक्षिणी क्षेत्रमा अवस्थित एक कृषि अनुसन्धान स्थलमा भएको ग्यास विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको इरानको राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । घटनामा नौ जना घाइते भएको जनाइएको छ । प्रारम्भिक अनुसन्धानपछि इरानी प्रहरीले घटना सुरक्षाप्रति संवेदनशील नबन्दा भएको जस्तो देखिएको भन्दै अनुसन्धानपछि विस्तृत विवरण बाहिर आउने बताएको छ । तेहरानको तल्लो क्षेत्रमा भएको एक ... Read More »

नाइजेरियामा एक लाख २० हजार व्यक्ति अनिकालबाट पीडित

जोहानसबर्ग, २८ माघ । संयुक्त राष्ट्रसङ्घले हालै जारी गरेको एक प्रतिवेदनअनुसार नाइजेरियामा करिब एक लाख २० हजार व्यक्ति अनिकालको करण अति आपत्तको स्थितिमा रहेका छन् । बोको हराम आतङ्ककारी समूहले ल्याएको यस परिस्थितिको कारण यस्तो भएको सो प्रतिवेदनमा जनाइएको छ । खाद्य र कृषि सङ्गठनले गरेको अनुमानअनुसार उत्तरपूर्वी नाइजेरियामा आएको यो एक ठूलो मानवीय सङ्कट हो । बोको हराम आतङ्ककारी ... Read More »

आफ्नो निर्णय खारेज गर्ने न्यायाधीश र अदालतप्रति डोनाल्ड ट्रम्प आक्रोशित

न्यूयोर्क, २४ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्णय खारेज गर्ने न्यायाधीश र अदालतप्रति आक्रोश पोखेका छन् । अदालती निर्णयका कारण कुनै गम्भीर परिस्थिति सृजना भए त्यसको जिम्मेवारी न्यायाधीश र अदालती पद्धतीले नै लिनुपर्ने ट्रम्पले चेतावनी दिए । सात मुस्लिम मुलुकका नागरिकलाई रोक्न जारी गरिएको कार्यकारी आदेश लागु गराउन गरिएका सबै प्रयास अदालतले विफल पारिदिएपछि ट्रम्पले अदालतप्रति रोष प्रकट ... Read More »

उत्तरी म्यानमारबाट ९२ हजार विस्थापित

संयुक्त राष्ट्रसङ्घ,२१ माघ । गत अक्टोबरदेखि हालसम्म उत्तरी म्यानमारबाट कम्तीमा पनि ९२ हजार जना विस्थापित भएका छन् । संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बिहीबार संवाददाताहरुलाई दिएको जानकारीअनुसार म्यानमारको उत्तरी क्षेत्रमा पर्ने राखिने राज्यबाट उनीहरु विस्थापित भएका हुन् । विस्थापित भएका तीमध्ये झन्डै ६९ हजारजना सीमा पार गरी बङ्गलादेशतर्फ गएको पनि प्रवक्ता स्टेफन डुजार्रिकले दैनिक पत्रकार सम्मेलनमा जानकारी दिए । विस्थापित भएकाहरुलाई विभिन्न ... Read More »

इरानले विद्रोहीलाई साथ दिएको राष्ट्रपति ट्रम्पको आरोप

न्यूयोर्क, २२ माघ । इरानले गरेको पछिल्लो मिसाइल परीक्षणपछि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकाले इरानका १३ उच्च अधिकारी र १२ वटा कम्पनीमाथि प्रतिबन्ध लगाएको हो । राष्ट्रपति ट्रम्पले सामाजिक संजाल ट्वीटरमाफर्त ट्वीट गर्दै इरानसँग आफू कडा भएको पनि बताएका छन् । इरानले विद्रोहीलाई साथ दिएको राष्ट्रपति ट्रम्पले आरोप लगाएका छन् । इरानको ब्यालेस्टिक मिसाइल परीक्षण तथा निर्माण विश्वकै ... Read More »

ट्रम्पलाई अदालतको झट्का, अमेरिकामै रहने भए शरणार्थीहरु

न्यूयोर्क, १६ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशमाथि न्यूयोर्कका एक न्यायाधीशले रोक लगाइदिएका छन् । ट्रम्पले सातवटा मुस्लिम बाहुल्यता रहेको देशका शरणार्थी र पर्यटकलाई अमेरिका छिर्न प्रतिबन्ध लगाएका थिए । द अमेरिकन सिविल लिबर्टिज युनिएन (एसीएलयू)ले ट्रम्पको यस्तो आदेशको विरुद्ध शनिबार रिट निवेदन दर्ता गरेको थियो । एसीएलयूले ट्रम्पको आदेशपछि हिरासतमा लिइएका मानिसहरुलाई अब देशबाहिर पठाउन सकिने छैन ... Read More »

अत्याधिक चिसोका कारण २७ जना बालबालिकाको मृत्यु

अफगानिस्तान , १४  माघ । अफगानिस्तानमा अत्याधिक चिसो मौसमका कारण कम्तीमा २७ जना बालबालिकाको मृत्यु भएको छ । जाउजान प्रान्तको दार्जाब जिल्लामा चिसोले उनीहरुको मृत्यु भएको जिल्लाका गभर्नर रहमातुल्लाह हसारले बिहीबार जानकारी दिएका छन् । ‘अत्याधिक चिसोका कारण निर्दोष २७ जना बालबालिकाको ज्यान गएको छ, हिमपातले गर्दा गाँउदेखि स्वास्थ्य केन्द्रसम्मको सडक सम्पर्कपनि बिच्छेद भएको छ,’ हसारले भने । हिमपात विगत ... Read More »

Scroll To Top