भर्खरै
Home / समाचार

Category Archives: समाचार

Feed Subscription

समाचार

भरतपुर महानगरपालिकामा एमालेको अग्रता कायमै

चितवन, ३ जेठ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवालीको अग्रता कायमै रहेको छ । उनको दुई हजार ७४९ मत प्राप्त भएको छ । माओवादी केन्द्रकी रेणु दाहालले एक हजार ८६९ र राप्रपाका बद्री तिमिल्सिनाले १८४ मत प्राप्त भएको छ । उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले दुई हजार २८९ मत पाउनु भएको छ भने एमालेकी दिब्य शर्मा आचार्यले ... Read More »

रत्ननगरः तीन वडामा एमाले विजयी

चितवन, २ जेठ । पूर्वी चितवनको राप्ती नगरपालिकाको वडा नं ४ र ५ तथा खैरहनी नगरपालिकाको वडा नं १ मा नेकपा (एमाले )को समूह नै विजयी भएको छ । खैरहनी– १ मा एमालेका भूमिप्रसाद कँडेल ९६४ मतका विजयी भएको सहायक निर्वाचन अधिकृत दिवाकर पौडेलले जानकारी दिए । यस्तै राप्ती नगरपालिका वडा नं ४ का वडाध्यक्षमा शमशेर लामा एक हजार १६५ ... Read More »

भरतपुर महानगरपालिकामा एमालेको अग्रता

चितवन, २ जेठ । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा (एमाले) का देवीप्रसाद ज्ञवाली अगाडि रहेका छन् । हालसम्म गरिएको एक हजार चार सय मत गणनामा ज्ञवाली ६८५ मतका साथ अग्रस्थानमा छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) की रेणु दाहालले ५२८ मत प्राप्त गरेकी छिन् । यस्तै राप्रपाका बद्री तिमिल्सिनाले ३७ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेपाली काँग्रेसकी पार्वती ... Read More »

फास्ट ट्र्याकको काम तत्काल अगाडी बढ्छः प्रधानमन्त्री

काठमाण्डौं, ९ फागुन । राजधानी र तराई मधेस जोड्ने दु्रत मार्ग (फास्ट ट्र्याक) निर्माणका सम्बन्धमा सुझाव दिन गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफ्नो प्रतिवेदन बुझाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ संयोजक रहेको समितिले सो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको हो । सो मार्ग निर्माण नेपाल सरकार स्वयम्ले बनाउने घोषणा भइसकेको सन्दर्भमा विगतमा भारतीय कम्पनीले ... Read More »

पाकिस्तानको पक्षमा केपी ओली

काठमाण्डौं, ६ फागुन । एमाले अध्यक्ष केपी ओलीले भारतले पाकिस्तानविरुद्ध धेराबन्दी गरेकामा नेपाल त्यसको विपक्षमा उभिनुपर्ने बताएका छन् । पार्टीको जारी पोलिटब्यूरो बैठकमा अध्यक्ष ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारत पाकिस्तानलाई घेराबन्दी गर्न अग्रसर भएको र त्यसको विरोध गर्नुपर्ने उल्लेख छ । ओलीले भारतले सार्कलाई प्रभावकारी बनाउने कुरालाई महत्व नदिएर विमस्टेक तथा बीबीआइएन जस्ता उप–क्षेत्रीय संगठनहरुलाई प्रभावकारी बनाएर आफ्नो स्वार्थमा उपयोग ... Read More »

बेल्जियमका विदेशमन्त्री र परराष्ट्रमन्त्री डा. महतबीच भेटवार्ता

काठमाण्डौ, ३ फागुन । बेल्जियमका भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र बेल्जियमका उपप्रधान एव्म विदेशमन्त्री दिदर रेन्डर्स्बीच आज ब्रसेल्समा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुई देशबीचको सम्बन्ध र आपसीहितका बिषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटका अवसरमा उनीहरुबीच विकास सहयोग, व्यापार, लगानी तथा पर्यटनका विषयमासमेत कुराकानी भएको छ । दुई देशका विदेशमन्त्रीस्तरको द्विपक्षीय संयुक्त संयन्त्रको निर्माणका ... Read More »

आज मायाप्रेम साटासाट गर्दै भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस मनाईंदै

काठमाडौं, ३ फागुन । आज फेब्रुअरी १४, प्रेमरप्रणय दिवस अर्थात भ्यालेन्टाइन डे । मायाप्रेम साटासाट गर्दै विश्वभर भ्यालेन्टाइन डे को रुपमा मनाईंदैछ । यस अवसरमा खासगरि फुल तथा अन्य उपहारहरु साटासाट गर्ने चलन धेरै छ । नेपालमा पनि युवाहरुले आफ्ना प्रेमीप्रेमिकालाई विभिन्न उपहार दिएर मनाउने गर्दछन् भने विवाहित दम्पत्तिले पनि यो दिन उपहार दिने तथा शुभकामना आदानप्रदान गर्ने गर्दछन् । ... Read More »

प्रधानमन्त्रीद्धारा सहिदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आइतबार लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्ती मगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा.सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै सहिदको सम्झना गरेका ... Read More »

निर्वाचनको मिति घोषणा गर्ने बिषयमा सरकार अलमलमा

काठमाडौं, १६ माघ । राजनीतिक दलहरुबीच सहमति नभएपछि तत्कालै निर्वाचनको मिति घोषणा गर्ने कि नगर्ने बिषयमा सरकार अलमलमा परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निकायको निर्वाचनको मिति एकदुई दिनभित्रै घोषणा हुने दोहोर्‍याए पनि सरकार तत्कालै निर्वाचनको मिति घोषणा गर्ने वातावरणको खोजीमा छ । कानुनमन्त्री अजयशंकर नायकले स्थानीय निकाय पुनसंरचना आयोगको प्रतिवेदनमा सहमति नजुट्दासम्म चुनावको मिति घोषणा गर्न नसकिने ... Read More »

राष्ट्रपति भण्डारी सवार हेलिकप्टर आकस्मिक अवतरण

काठमाण्डौं, १४ माघ । कैलालीको धनगढीमा हुने कार्यक्रमका लागि काठमाडौँबाट त्यसतर्फ प्रस्थान गरेको राष्ट्रपति विद्यादेवी भण्डारी सवार नेपाली सेनाको हेलिकप्टर प्रतिकूल मौसमका कारण दाङको भालुवाङमा अवतरण भएको छ । राष्ट्रपति भण्डारी अहिले दाङको भालुवाङस्थित सशस्त्र प्रहरी क्याम्पमा प्रतीक्षारत रहेकी छिन् । मौसम अनुकूल भएलगत्तै उनी धनगढी प्रस्थान गर्ने राष्ट्रपति कार्यालयका सूचना अधिकारी प्रह्लादप्रसाद पुडासैनीले जानकारी दिए । Read More »

Scroll To Top