भर्खरै
Home / स्वास्थ्य/जीवनशैली

Category Archives: स्वास्थ्य/जीवनशैली

Feed Subscription

स्वास्थ्य/जीवनशैली

स्वास्थ्य कार्ड लिएका बिरामीलाई उपचारमा २० प्रतिशत छुट

चितवन, २ जेठ । चितवनको भरतपुरमा स्थापना भएको मनकामना अस्पतालले स्वास्थ्य कार्ड लिएका बिरामीलाई २० प्रतिशत छुटमा उपचार गर्ने भएको छ । नयाँ व्यवस्थापनसँगै सुविधायुक्त अस्पतालका रुपमा विकास गरिएको उक्त अस्पतालले पहिलो वार्षिकोत्सवका अवसरमा यस्तो घोषणा गरेको हो । आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै अस्पतालका अध्यक्ष प्रा डा. अर्जुन श्रेष्ठले न्यून आय भएका बिरामीलाई सहज होस् भनेर यसरी छुटको व्यवस्था ... Read More »

स्वास्थ्यकर्मीको आन्दोलनले खोप कार्यक्रम तथा स्वास्थ्यसेवा प्रभावित

धनुषा, ६ फागनु । ऐन कार्यान्वयनको माग राखी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रेपछि धनुषालगायत देशभरि हात्तीपाइलेको औषधि खुवाउने तथा पोलियोलगायतका राष्ट्रिय खोप कार्यक्रम प्रभावित छन् । आन्दोलनका कारण धनुषा जिल्लामा सयौँ बालबालिका खोपबाट वञ्चित भएका छन् । आन्दोलनले ग्रामीण क्षेत्रका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित भएका छन् । स्वास्थ्यकर्मी सदरमुकाम जनकपुरस्थित जिल्ला जनस्वास्थ्य कार्यालयमा फागुन १ गतेदेखि धर्नामा बसेका छन् । अञ्चल अस्पताल, ... Read More »

गर्भपतन सेवा लिनेमा विद्यालय उमेरका किशोरीको संख्या बढ्दो

रोल्पा, ३ फागुन । चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा सुरु गरेसँगै यो सेवा लिने महिलाको सङ्ख्या वृद्धि भएको जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका पब्लिक हेल्थ नर्स आशा थापाले जानकारी दिईन् । असुरक्षित र अनपेक्षित गर्भ भएका महिलालाई यो सेवा फलदायी देखिए पनि ... Read More »

विश्वभरि वायु प्रदूषणकै कारण वार्षिक ६५ लाख मानिसको मृत्यु

काठमाण्डौं,२५ माघ । वार्षिक रुपमा विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्यामध्ये ६५ लाख वायु प्रदूषणका कारण हुने गरेको छ । प्रदूषणकै कारण मृत्यु हुने कुल जनसङ्ख्याको ११ दशमलव ६ प्रतिशत रहने गरेको देखिएको छ । वार्षिक रुपमा संसारभरि पाँच करोड ६० लाख ३४ हजार ४८३ जनाको मानिसको मृत्यु हुने गरेको पाइएको छ । नेपालजस्ता विकासोन्मुख देशमा अधिक रुपले प्रदूषणकै कारण मृत्यु ... Read More »

हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान फागुनमा

काठमाण्डौं,२४ माघ । हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सञ्चालन हुने भएको छ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो रोगविरुद्वको औषधि खुवाउन लागेको हो । ती जिल्लाका दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन ... Read More »

जान्नुहोस् घरेलु औषधीद्धारा पाँच दिनमै पाँच किलोसम्म तौल घटाउने उपाय

काठमाण्डौं, १३ माघ । मोटोपन अहिले मानिसको आम समस्या हो । यसलाई रोगको पर्दाको रुपमा पनि लिइन्छ । तर हाम्रो जीवनशैलीकै कारण मोटोपनले हामीमाथि राज्य गरिरहेको हुन्छ । मोटोपन भनेको शरीरमा आवश्यकभन्दा अतिरिक्त बोसो जम्मा हुनु हो । यसैगरी बढी तौल हुनु भनेको शरीरमा सामान्यभन्दा बढी तौल हुनु हो । जुन व्यक्तिको बिएमआइ अथवा बडी मास इन्डेक्स २५ देखि २९।९ ... Read More »

उपकुलपति नियुक्त नगरिए सेवा ठप्प गर्ने चेतावनी

जुम्ला, १३ माघ । नौ महिनादेखि उपकुलपतिविहीन बनाइएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले उपकुलपति नियुक्त गर्न अझै ढिलाइ गरिए सेवा ठप्प गर्ने चेतावनी दिएको छ । प्रतिष्ठानका नर्सिङ डिन गायत्री राईको अध्यक्षतामा यहाँको मेडिकल डाइरेक्टर, चिकित्सक तथा कर्मचारी सहभागी बैठकले सेवा बन्द गर्ने चेतावनी दिएको हो । जुम्लामा बुधबार पत्रकारसम्मेलनको आयोजना गरी एक साताभित्र पदाधिकारी नियुक्त नगरिए प्रतिष्ठान केन्द्रीय ... Read More »

कास्कीमा स्वास्थ्य बिमा गराउनेको संख्या बढ्दो

पोखरा,१० माघ । कास्कीमा आजसम्म आठ हजार २६ जनाले स्वास्थ्य बिमा दर्ता गरेका छन् । नेपाल सरकार सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले गत पुस महिनाको १२ गतेदेखि स्वास्थ्य बिमा सेवा सुरु गरेको थियो । दर्ता भएका मानिसको नाम कम्प्युटरमा राख्ने र तोकिएका अस्पतालमा २८ वटा उपचार सेवाका लागि सिफारिस गर्ने काम भइरहेको समितिका प्रबन्धक भगवान रेग्मीले जानकारी दिए । उनका ... Read More »

वीर अस्पतालमा निःशुल्क हाइड्रोसिल शल्यक्रिया

काठमाडौँ, १० माघ । सरकारले हाइड्रोसिल (अण्डकोष वरिपरि पानी भरिएर ठूलो हुनु) को निःशुल्क शल्यक्रिया गर्ने कार्यक्रमअनुसार वीर अस्पतालमा हालसम्म १५ जनाले शल्यक्रिया गराएका छन् । यही पुस १ गतेदेखि सुरु भएको निःशुल्क शल्यक्रिया सेवा असारमसान्तसम्म चल्ने वीर अस्पतालका सामाजिक सेवा एकाइरसमन्वय शाखा प्रमुख टीकाराम पनेरुले जानकारी दिए । प्रमुख पनेरुले भने, ‘बजेट ढिला आएका कारण गत वर्ष १४ जनाको ... Read More »

जन्म दर्ता प्रभावकारी बनाउन ‘ह्याप्पी बेबी गिफ्ट प्याक’ उपहार

झापा,४ माघ । जन्म दर्ता प्रभावकारी बनाउन झापाको लखनपुर गाविसले ‘ह्याप्पी बेबी गिफ्ट प्याक’ उपहार कार्यक्रम सुरु गरेको छ । यही माघ १ गतेदेखि गाविसले समयमा नै घटना दर्ता गराउने सेवाग्राहीलाई उपहार दिन थालेको हो । जन्मदर्ता गराउने क्रमलाई प्रेरित गर्न जन्मिएको ३५ दिनभित्रमा नै जन्मदर्ता गराउँदा उपहार दिने व्यवस्था सुरु गरिएको गाविस सचिव राजकुमार शाक्यले बताए । उनका अनुसार ... Read More »

Scroll To Top